Connect with us
Kapilvast Forest

प्रतिनिधिसभा अवरुद्ध हुँदा दैनिक ७ लाख व्यर्थ

२०७६, १५ श्रावण बुधबारमा प्रकाशित

काठमाडौं । प्रतिपक्ष सांसदहरुले सानोतिनो बिषयलाई लिएर प्रतिनिधिसभा बैठक प्रायः अवरुद्ध गर्दै आएका छन् । यसरी बैठक अवरुद्ध हुँदा दैनिक ७ लाख रुपैयाँ व्यर्थ हुने गरेको छ ।

बैठक संञ्चालन गर्नका लागि दैनिक ७ लाख रुपैया खर्च हुँदै आएको छ । सांसदहरुलाई उपलब्ध गराउने यातायात र बैठक भत्ता समेत गरी प्रतिबैठक ७ लाख रुपैया खर्च हुने गरेको संघीय संसद सचिवालयले जनाएको छ ।

बैठक कार्यकक्ष सरसफाई, प्रविधि जाँच, सुरक्षा प्रबन्ध, प्रत्यक्ष प्रशारणको चेकजाँच, जनशक्ति परिचालन, संसद भवनको वार्षिक भाडा, पानी बिजुली लगायतमा हुने खर्चहरुको एक मुष्ठ रकम हो । बैठक बस्ने दिन मर्यादापालक लगायत सचिवालयका अन्य कर्मचारी आधा घण्टा अघि देखि तयारी अवस्थामा बस्नुपर्ने हुन्छ । बैठकका पुर्व तयारी देखि सांसदहरुलाई उपलब्ध गराउने समेत गरी प्रतिबैठक ७ लाख रुपैया खर्च भइरहेको संघीय संसदका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिनुभयो ।

बैठक अवरुद्ध हुँदा पनि सचिवालयको यो खर्चमा भने कमी आउँदैन । बैठक अवरुद्ध भएपनि सचिवालयले सांसदहरुलाई बैठक भत्ता वापत एक हजार र यातायात बापत १ हजार गरि प्रति सांसद २ हजार रुपैया उपलब्ध गराउनुपर्ने हुन्छ । संघीय संसद भवनको मासिक भाडा १८ लाख र बिजुली पानी लगायतमा मासिक १२ लाख खर्च हुने गरेको प्रवक्ता पाण्डेले बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu