Connect with us
Kapilvast Forest

प्रधानमन्त्री ओली सिंगापुर जाँदै

२०७६, १८ श्रावण शनिबारमा प्रकाशित

प्रधानमन्त्री केपी ओली सिंगापुर जान लाग्नु भएको छ । शनिबार (आज) राति ९ः४५ बजे सिल्क एयरको हवाईजहाजबाट ९ सदस्यीय टोलिका साथ प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि सिंगापुर जान लाग्नु भएको हो । टोलिमा पत्नी राधिका शाक्य, चिकित्सक, सुरक्षा गार्ड र सहयोगीसमेत रहेका छन् ।

मृगौला प्रत्यारोपण गर्नुभएका प्रधानमन्त्री ओली हरेक तीन महिनामा स्वास्थ्य परीक्षणका लागि सिंगापुर जाने गर्नुभएको भएता पनि कार्यव्यस्तताका कारण यसपटक केही ढिलोगरी जान लाग्नु भएको हो । यसअघि प्रधानमन्त्री ओलीले त्रिवि शिक्षण अस्पताल काठमाडाैंमा तीन पटक स्वास्थ्य परीक्षण गरीसक्नु भएको छ ।

यसैबिच श्रीमती सीता दाहालसहित यूएई जानुभएका नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आजै स्वदेश फर्किने कार्यक्रम छ । आठ दिन लामो यूएई भ्रमण सम्पन्न गरी शनिबार मध्यराति १२ बजेको फ्लाई दुबईको हवाईजहाजबाट स्वदेश फर्किनुहुने दाहालको निजि सचिवालयले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu