Connect with us
Kapilvast Forest

प्रदेश १ सरकारद्वारा कर्मचारी छनोट कार्यविधि स्वीकृत

२०७६, १५ श्रावण बुधबारमा प्रकाशित

विनु तिम्सिना , मोरङ । प्रदेश नम्बर १ सरकारले कृषि अधिकृत, प्राविधिक सहायक र नायव प्राविधिक सहायकलाई करारमा नियुक्ति गर्ने प्रक्रिया अगाडि बढाएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले करार सेवामा छनौट गर्ने सम्बन्धि कार्यविधि २०७६ स्वीकृति प्रदान गरेसँगै कर्मचारी छनौटको बाटो खुलेको हो ।

प्रदेश सरकारले कर्मचारीको पदस्थापना तथा सरुवा सम्बन्धि कार्यविधि २०७६ मा संशोधन गरेको छ । कार्यविधि अनुसार अब नवौं र दशौं तहका कर्मचारी सरुवा बढुवा वा पदस्थापनको जिम्मेवारी मुख्यमन्त्री कार्यालयको हुने प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिनुभयो ।

प्रदेश सरकारले संगठन तथा व्यवस्थापन सर्वेक्षणका लागि मुख्यसचिव सुरेश अधिकारीको नेतृत्वमा सबै मन्त्रालयका सचिव रहने गरी कार्यदल पनि गठन भएको छ । प्रदेशलाई डिजिटल प्रदेश कार्यान्वयनका लागि अवधारणा पारित गर्नुको साथै बैठकले मनमोहन प्राविधिक विश्वविद्यालको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ लाई प्रदेशसभामा पेश गर्ने निर्णय पनि गरेको छ ।

बैठकले स्थानीय आर्थिक विकासको लागि पर्यटन पदमार्ग निर्माण गर्न आयोजना अनुमति प्रदान गरेको छ । प्रदेश सरकारले पदमार्गबारे नीति कार्यक्रममा उल्लेख गरेको थियो ।

बैठकले प्रदेश श्रम सल्लाहकार परिषद् गठन सम्बन्धि निर्देशीका, अपाङ्गता भएका व्यक्तिहरूको प्रदेश स्तरीय समिति गठन सम्बन्धि कार्यविधि पनि पारित गरेको छ । महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०७५ र मुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०७५ प्रदेशसभामा पेश गर्ने प्रदेश सरकारको निर्णय गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu