Connect with us
Kapilvast Forest

प्रदेश २ सरकारद्वारा प्रहरी गठनको तयारी

२०७६, १ भाद्र आईतवारमा प्रकाशित

धनुषा । प्रदेश–२ सरकारले आफ्नै प्रहरी गठनको तयारी थालेको छ । प्रतिनिधि सभाले दुईवटा विधेयक पारित गरेसँगै प्रदेश प्रहरी भर्ना गर्न सहज भएको हो । प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र नेपाल प्रहरी तथा प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन सुपरीवेक्षण र समन्वय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरिएको हो । यसले संघ र प्रदेश प्रहरीको क्षेत्राधिकार तथा समायोजनको कार्यदिशा प्रष्ट पारेको सरोकारवाला बताउँछन् ।

विधेयक कानुन बन्न राष्ट्रिय सभाले पारित गरी राष्ट्रपतिबाट प्रमाणीकरण गर्न भने बाँकी छ ।

अब तीन महिनाभित्रै प्रदेश प्रहरी भर्ना गर्न सूचना आह्वान गरिने आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले बताउनुभयो । उहाँका अनुसार प्रतिनिधि सभाबाट पारित विधेयकमा प्रदेशले माग गरे अनुसार ९० प्रतिशत विषय पूरा भएका छन् । केही कुरामा फरक भएपनि समग्र रूपमा यी विधेयक प्रदेशको हितमा रहेको उहाँले बताउनुभयो । प्रदेश प्रहरी प्रमुख पठाउने बेला प्रदेश सरकारसँग समन्वय गर्नुपर्ने हाम्रो माग थियो । अहिलेको विधेयकमा सोझै पठाउने उल्लेख रहेको उहाँले भन्नुभयो । त्यसैगरी प्रदेश प्रहरीको लोगो प्रदेश सरकारले दिने अधिकार भएपनि वर्दी संघीय सरकारले तोकेबमोजिम हुने उल्लेख छ । यी केही व्यवस्था फरक भएपनि प्रहरी सेवासम्बन्धी विधेयक मागबमोजिम हुँदा भर्ना प्रक्रियामा केही कठिनाइ नहुने उहाँको तर्क छ । प्रदेशसभाले लोकसेवा सम्बन्धि विधेयक पनि पारित गरिसकेको छ ।

एक महिनाभित्रै प्रदेश लोकसेवा आयोग गठन गरी तीन महिनाभित्रै प्रदेश प्रहरी भर्ना प्रक्रिया अघि बढाइने मन्त्री यादवले जानकारी दिनुभयो । प्रदेश–२ मा ३ हजार प्रहरीको आवश्यकता छ । यसै आर्थिक वर्षमा १ हजार प्रहरी भर्ना गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

प्रदेशमा प्रहरीको पोशाक र दज्र्यानी चिन्ह सातवटै प्रदेशमा एकै खालको हुने व्यवस्था छ । प्रदेश सरकारले नेपालको राष्ट्रियता र प्रदेशको पहिचान झल्किने गरी तयार गरेको लोगो वा चिन्ह पोशाकमा राखिनेछ ।

प्रदेश प्रहरीमा खटाइएका प्रहरी कर्मचारीको कार्यसम्पादन, मूल्यांकन, सहभागिता र विभागीय कारबाहीको अधिकार प्रदेशलाई दिइएको छ ।

कार्यसम्पादन मूल्यांकन गर्दा दिइने अंकमा संघीय कानुनबमोजिम सम्बन्धित प्रदेशको अधिकारको संलग्नता रहने बताइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu