Connect with us
Kapilvast Forest

कपिलवस्तुका २३ सय छात्राहरुलाई आत्मरक्षा तालिम

२०७६, १८ श्रावण शनिबारमा प्रकाशित

नवराज पौडेल,कपिलवस्तु साउन १७
कपिलवस्तुको शिवराज नगरपालिका ५ नौडिहवा मा रहेको मेरी ल्यान्ड चिल्ड्रेन एकेडेमी को आयोजना संचालन भएको आत्मरक्षा तालिमको शुक्रबार एक कार्यक्रमका विच समापन गरिएको छ । विद्यालयमा अध्ययनरत कक्षा आठ सम्मका छात्राहरु लाई समावेश गरि गत साउन १० गते देखि संचालित आत्मरक्षा तालिम को शुक्रबार समापन गरिएको हो ।

देशव्यापी रुपमा बढी रहेको महिला हिंसा अन्त्य गर्ने उदेश्यका साथ हाल सम्म शिवराज नगरपालिका अन्र्तगत रहेका सरकारी र निजि विद्यालयका गरि करिब २३०० –(दुई हजार तिन सय) छात्राहरुलाई तालिम दिइ सकेको बुद्ध शक्ती कराते डोजोका प्रशिक्षक रामु सुनारले बताएका छन् ।समापन समापन कार्यक्रमलाई सम्बोधन गर्दै शिवराज नगरपालिका का नगर उपप्रमुख शिव कुमारी चौधरीले निजी विद्यालयले समेत तालिमको आयोजना गरि किशोरीहरुलाई तालिम दिएको भन्दै खुशी व्याक्त गरेकी छन् ।

शिवराज नगरपालिका अन्र्तगत रहेका अन्य विद्यालयले पनि यस्तो तालिम संचालन गर्न आवस्यक रहको बताउंदै गांउ गांउमा संचालित किशोरी संवादका किशोरीलाई समेत तालिम दिन बुद्ध शक्ती कराते टिम लाई आग्रह गरिन । नगरमा पछिल्लो समयमा युवाहरु लागु औषध दुव्र्यशन जस्ता क्रियाकलाप बढी रहेको पाइएकोले ति युवाहरुलाई समेत खेलकुदमा आवद्ध गराउनु पर्ने बताएकी छिन ।

नगरपालिका मा किशोरी तथा महिलाहरु लागी विभिन्न सिप विकासका तालिमका लागी बजेट विनियोजित भएको समेत जानाकारी गराएकी छिन ।
यस्तै व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रलले स्वास्थ्य का लागी खेलकुद आवस्यक रहेको जोड दिएका छन् । शिवराज नगरपालिका लाई खेल मैन्त्री बनाउनु पर्ने बताउंदै निरोगी नगरको रुपमा चिनाउनु पर्ने बताएका छन् ।

कार्यक्रम विद्यालय व्यावस्थान समितीका अध्यक्ष गगन विकको अध्यक्षता, शिवराज नगरपालिका का उपप्रमुख शिव कुमारीको चौधरीको प्रमुख आतिथ्यता,व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेलक विशिष्ट आतिथ्यता,वडा प्रहरी कार्यालय का सहायक प्रहरी निरिकक्षक लक्षुमण चौधरी बुद्ध शक्ती कराते डोजोका प्रशिक्षकहरु लगाएको आतिथ्यता रहेको थियो । भने प्रिन्सीपल कविर सुनारको स्वागत मन्तव्य र नवराज पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu