Connect with us
Kapilvast Forest

‘हिरो’ले दुई नयाँ मोडल सार्वजनिक गर्ने

२०७६, २६ श्रावण आईतवारमा प्रकाशित

काठमाडौं- भारतको सबैभन्दा ठूलो मोटरसाइकल उत्पादन कम्पनी ‘हिरो’को नेपालका लागि आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङले नाडा अटो शोमा दुई नयाँ मोटरसाइकल सार्वजनिक गर्ने भएको छ।

कम्पनीले हिरोको ‘एक्सपल्स २०० प्लेजर प्लस’ ल्याउने भएको हो।

कम्पनीले एक्सपल्स २०० मोटरसाइकलको मूल्य ३ लाख ३० हजारदेखि ३ लाख ५० रुपैयाँसम्म पर्ने जनाएको छ। यो मोटरसाइकल अफरोड बाटोमा चलाउन निक्कै उपयोगी हुने कम्पनीको भनाइ छ।

एक्सपल्स २०० मोटरसाइकलमा स्पोक ह्विल्स र अफरोड टायर उपलब्ध छ। यसको फ्रन्ट साइडमा २१ इन्च र रियरम १८ इन्च ह्विल लगाइएको छ। ग्राउन्ड क्लियरेन्स २२० एमएम छ भने लामो विन्डस्क्रिन समावेश गरिएको छ।

यसमा उपलब्ध २०० सीसी, एयर कुल्ड, फ्युल इन्जेक्सन, सिंगल सिलिन्डर इन्जिनले ८ हजार आरपिएममा १८.४ पिएस पावर र ६५ सय आरपिएममा १७.१ एनएमको टर्क उत्पादन गर्छ। यसको इन्जिनमा ५ स्पिड गियरबक्स छ।

यो मोटरसाइकलमा अगाडि र रियर दुबैमा डिस्क ब्रेक छ। बाइकमा सिंगल च्यानल एबिएस उपलब्ध छ।

त्यस्तै, हिरोको प्लेजर प्लस स्कुटरमा १ सय १० सिसीको इन्जिन छ। यो स्कुटर मेटल ह्विल र अलोय ह्विल भेरियन्टमा बिक्री भइरहेको छ।

यसमा उपलब्ध ११० सिसी सिंगल सिलिन्डर इन्जिनले ८.१ एच पावर र ८.७ एनएम टर्क उत्पादन गर्छ। यसको रेगुलर मोडलमा उपलब्ध १०२ सिसी इन्जिनले भने ७ बिएचपी पावरका साथै ८.१ एनएम टर्क उत्पादन गर्छ।

१०१ किलोग्राम नयाँ प्लेजर स्कुटरको फ्रन्टमा १३० एमएमको ड्रम ब्रेक लगाइएको छ। स्कुटरमा इन्ट्रिग्रेटेड ब्रेकिङ सिस्टम लगाइएको कम्पनीले जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu