सुनको नयाँ रेकर्ड, सुनको भाउ प्रतितोला ६९ हजार ५०० पुग्यो
काठमाडौं – सुनको भाउ एकैदिन तोलामा १५ सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ प्रतितोला ६९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला ६८ हजार रुपैयाँमा कारोबार भएको थियो।
चीन र अमेरिकाबीच व्यापार युद्ध टुंगिने संकेत नदेखिँदा अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढिरहेको छ। लगानीकर्ताहरुले सुनमा लगानी बढाइरहेकाले भाउ बढ्दै गएको हो।
बुधबार कायम भएको सुनको मूल्य अहिलेसम्मकै उच्च हो। सुनको मूल्यले प्रत्येक दिन नयाँ रेकर्ड राख्न थालेको छ।