Connect with us
Kapilvast Forest

बञ्चरोले हानेर वृद्ध दम्पतीको हत्या

२०७६, २६ श्रावण आईतवारमा प्रकाशित

hatya

बागलुङ : जिल्लाको ढोरपाटन नगरपालिका–८ बोबाङमा एक दम्पतीको हत्या भएको छ।

आफ्नै घरमा रहेका ढोरपाटन नगरपालिका–८ बोबाङका ६८ वर्षीय भानबहादुर कामी र उनकी ६० वर्षीया श्रीमती बिमा कामीको शनिबार राति अपरिचत व्यक्तिले धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रहरीले जनाएको छ। उनीहरूलाई आइतबार बिहान मृत भेटेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

भानबहादुरको शव घर नजिकै मकै बारीमा र बिमाको शव घरभित्रै रक्ताम्मे अवस्थामा देखेपछि प्रहरीलाई खबर आएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख रिणबहादुर बैदावारले जानकारी दिए। घटनाको जानकारी पाएलगत्तै बुर्तिबाङ प्रहरी चौकीको टोली घटनास्थल पुगेको थियो। घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मृतकहरूको शरीरका भिन्‍न भागमा रहेका चोट हेर्दा स्थानीय हतियार बञ्चरो प्रयोग भएको हुनसक्ने प्रहरी प्रमुख बैदावारले बताए। ढोरपाटन नगरपालिका-९ नवीगाउँ र बोबाङमा उनीहरू घुम्ती बसाइ गर्दै आएका थिए। मृतक विकका छोरा बुहारी ढोरपाटनमा बस्दै आएका बताइएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu