Connect with us
Kapilvast Forest

कपिलवस्तुको ऋग्वेद कृषि फमले १०८ जना युवाहरुलाई तरकारी खेती बारे तालिम दिने ।।

२०७६, २६ श्रावण आईतवारमा प्रकाशित

कपिलवस्तुको ऋग्वेद कृषि फमले दिनमा १० देखि १५ हजार सम्मको तरकारी विक्री गर्दै ।।  १०८ जना युवाहरुलाई तरकारी खेती बारे तालिम दिइने ।।
नवराज पौडेल कपिलवस्तु
साउन २६ गते

पछिल्लो समय कपिलवस्तुको ऋग्वेद कृषि फमले युवाहरुलाई तरकारी खेती तर्फ आकर्षित गरेको छ । कपिलवस्तुको शिवराज नगरपालिका ३ खरेन्द्रपुर मा रहेको ऋग्वेद कृषि फममा अहिले आबद्ध १६ जना आवद्ध रहेका छन् । फमले शिवराज नगरपालिका ५ नौडिहवा स्थित ५० कट्ठा जमिन भाडामा लिई विषदी रहितको तरकारी खेती सुरु गरेको ऋग्वेद कृषि फम का कृर्षक भाष्कर पंगेनी ले बताउनु भएको छ ।
पांच जना युवाको संयुक्त रु ४० लाखको लगानीमा सुरु गरिएको फममा १६ जना युवाहरु अहिले स्वरोगार बन्न सफल भएका छन् । युवा एकजुट भएमा आफ्नै देशमा नै सुन फलाउन सकिन्छ भन्ने उदाहरण हामी ऋग्देव फम बाट सिक्न सक्छौं । लाखौं लगानी लगाई विदेश जानु भन्दा सोही लगानी लगाएर आफ्नै जन्म भुमिमा पसिना बगाउन सके विदेशमा कमाउने पैसा भन्दा दोब्वर आयआर्जन सकिने कृर्षक सन्तोष पन्थले बताउनु भयो ।
बजारमा जताजतै विषादी युक्त तरकारी विक्री रहंदा ऋग्देवले भने विषादी रहितको तरकारी उत्पादन गरि यस क्षेत्रका चन्द्रौटा, शिवपुर खरेन्द्रपुर लगाएतका बजारमा हाल स्वस्थ तरकारी विक्री गरिरहेको छ । छिमेकी मुलुक भारतबाट कम मात्रामा तरकारी भित्रिरहेको अवस्था मा तरकारीको मुल्य वृद्धि भएता पनि ऋग्वेद कृर्षि फमले उपभोक्ताको घरघरमै तरकारी पुराई उपभोक्ता लाई सुपथ मुल्यमा तरकारी बिक्री गरिरहेको पंगेनीले बताउनु भयो ।

अहिले तरकारी खेती बाट दिनमा १० देखि १५ हजार सम्मको तरकारी विक्री हुन थाले पछि जिल्लाका अन्य युवा समेत तरकारी खेती तर्फ आकर्षित हुन थालेका छन् । ऋग्वेद फमले विषेशगरि बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउने उदेश्यले सहित आफ्नो शाखा विस्तार गरिरहेको छ । अवको केही दिनमा अर्घाखांचीमा समेत शाखा संचालन गरि जिल्लाका अन्य १०८ जना युवाहरुलाई तरकारी खेती बारे तालिम दिइने र आफ्नै फममा स्वरोगार बनाउने बताएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu