Connect with us
Kapilvast Forest

भिभो एस वान नेपालमा

२०७६, २८ श्रावण मंगलवारमा प्रकाशित

काठमाडौं : भिभो नेपालले आफ्नो नयाँ प्रडक्ट, भिभो एस १ नेपाली बजारका भित्र्याएको छ।

भीभो एस १ मा स्मार्टफोन स्क्रिन टच आइडी, सूपर एमोलेड अल्ट्रा अल स्क्रिन, ३२ मेगापिक्सेल एआई सेल्फी क्यामरा, एआई ट्रिपल रियर क्यामरा र स्टायलिस डिजाइनजस्ता उत्कृष्ट विशेषताहरू रहेको कम्पनीले जनाएको छ।

यो स्मार्टफोन डायमण्ड ब्ल्याक र स्काईलाईन ब्लू कलर्समा बजारमा उपलब्ध छ। स्टायलिस स्मार्टफोन चाहने नेपाली युवाका लागि भिभो एस १ उपयुक्त हुने भीभो नेपालका जनरल म्यानेजर मार्सले बताए। ‘भिभो एस १ स्टायलिस डिजाइन, स्मार्ट क्यामरा, ठूलो स्क्रिनका साथमा क्लियर भीजुअल एक्सपेरियन्स र भरोसायोग्य परफरमेन्सका साथमा आएको छ।

भिभो एस १ मा अल्ट्रा गेम मोड र स्क्रीन टच आईडी जस्ता थप विशेषताहरु पनि रहेका छन्। यसले मोबाइल एक्सपेरियन्सलाई अझ रमाईलो बनाउँछ’ बजार निर्देशक ग्याभिनले भने। भीभो एस १ मा ६ जीबी र्‍याम र १२८ जिबीको आन्तरिक स्टोरज(रोम) रहेको छ जसले भिडियो, गीत संगीत स्टोर गर्न र तस्वीर संग्रह गर्न अधिकतम स्थान उपलब्ध गराउँछ।

पावरफुल स्मार्टफोन एक्सपेरियन्स प्रदान गर्नको लागि भीभो एस १ मा ४,५०० एमएएचको ब्याट्रीका साथ ड्यूल इन्जिन फास्ट चार्जिंग मिडियाटेक ६७६८ प्रोसेसर राखिएको छ। भिभो एस १ ले एन्ड्रोयड ९.० पाईमा आधारित पछिल्लो फनटच ओएस ९ अपरेटिंग सिस्टमका साथमा स्मार्ट बटन र एआई जोभी फीचर ल्याएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu