Connect with us
Kapilvast Forest

विद्युत् प्राधिकरणका कार्यालयहरु संघीय संरचनाअनुसार समायोजन

२०७६, ३० श्रावण बिहीबारमा प्रकाशित

काठमाडौं ।मुलुक संघीय संरचनामा गएसँगै नेपाल विद्युत प्राधिकरणले मुलुकभर रहेका आफ्ना कार्यालय पनि सोहीअनुसार समायोजन गरेको छ। प्राधिकरणले वितरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गतका क्षेत्रीय कार्यालयहरु र वितरण केन्द्रहरुलाई समायोजन गरेको हो।

क्षेत्रीय कार्यालयहरुको नाम परिवर्तन गरी प्रादेशिक कार्यालय नामकरण गरिएको छ । ७ वटै प्रदेशमा वितरण तथा ग्राहक सेवाका प्रादेशिक कार्यालय रहनेछन्। यसअघि क्षेत्रीय कार्यालयको रुपमा रहेका हेटौंडा र नेपालगञ्जलाई प्रदेश नम्बर ३ र ५ को डिभिजन कार्यालयमा परिणत गरिएको छ। यसअघि प्रदेश ३ मा काठमाडौं तथा हेटौंडा र प्रदेश ५ मा बुटवल तथा नेपालगञ्जमा क्षेत्रीय कार्यालय थिए।

प्राधिकरण सञ्चालक समितिको १८ पुस २०७५को ७ सय ८३औं बैठकले क्षेत्रीय कार्यालय र त्यसमातहत रहेका वितरण केन्द्रहरुलाई मुलुकको संघीय संरचनाबमोजिम सञ्चालन र व्यवस्थापन गर्ने निर्णय गरेको थियो। प्राधिकरणले बुधबार परिपत्र जारी गर्दै कार्यालय समायोजन गर्ने निर्णय कार्यान्वयमा ल्याएको हो।

प्रदेश नं १को प्रदेशिक कार्यालय, विराटनगरअन्तर्गत २४ वितरण केन्द्रहरु रहेका छन्। यसअघि जनकपुर क्षेत्रीय कार्यालयअन्तर्गत रहेका उदयपुर,ओखलढुंगा र दिक्तेल वितरण केन्द्रलाई १ नं प्रादेशिक कार्यालयमा समायोजन गरिएको छ । प्रदेश नं २को प्रादेशिक कार्यालय जनकपुरअन्तर्गत २३ वितरण केन्द्रहरु रहेका छन्। यसअघि हेटौंडा क्षेत्रीय कार्यालयअन्तर्गत रहेका वीरगञ्ज, सिमारा, कलैया, गौर, चन्द्रनिगाहापुर र पोखरिया वितरण केन्द्रलाई २ नं प्रादेशिक कार्यालयमा समायोजन गरिएको छ।

प्रदेश नं ३ काठमाडौं प्रादेशिक कार्यालय र हेटौडा डिभिजन कार्यालय अन्तर्गत क्रमशः २० र ६ वितरण केन्द्र राखिएको छ। यसअघि जनकपुर क्षेत्रीय कार्यालयअन्तर्गत रहेको सिन्धुली वितरण केन्द्रलाई हेटौंडा डिभिजन कार्यालयअन्तर्गत रहने व्यवस्था गरिएको छ।

गण्डकी प्रादेशिक कार्यालयअन्तर्गत १३ वटा वितरण केन्द्रहरु रहनेछन्। यसअघि बुटवल क्षेत्रीय कार्यालय मातहतमा रहेको कावासोती वितरण केन्द्रलाई गण्डकी प्रादेशिक कार्यालयअन्तर्गत रहने व्यवस्था गरिएको छ।

प्रदेश नं ५को बुटवल प्रादेशिक र नेपालगञ्ज प्रदेश डिभिजन कार्यालयअन्तर्गत क्रमशः ११ र १० वितरण केन्द्रहरु रहनेछन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu