Connect with us
Kapilvast Forest

भारतीय दूतावासद्वारा सहयोग हस्तान्तरण

२०७६, ३० श्रावण बिहीबारमा प्रकाशित

काठमाडौं । भारतका लागि काठमाडौंमा रहेको दूतावासले नेपालका विभिन्न सामाजिक संस्था, स्वास्थ्य एवं शैक्षिक प्रतिष्ठानलाई पुस्तक, बस र एम्बुलेन्स वितरण गरेको छ।

भारतको ७३औँ स्वतन्त्रता दिवसका अवसरमा भारतीय राजदूतावासले बिहीबार एक समारोह आयोजना गरेर उक्त सहयोग वितरण गरेको हो। त्यस अवसरमा नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले भारतको राष्ट्रिय झण्डा फहराउनका साथै स्वतन्त्रता दिवसका अवसरमा राष्ट्रपति रामनाथ कोविन्दले जारी गर्नुभएको शुभकामना सन्देश पढेर सुनाएका थिए।

समारोहमा भारतीय सेनामा सेवाका क्रममा वीरगति प्राप्त गरेका नेपाली नागरिकका विधवा र सन्तानलाई बीमावापतको रकम हन्तान्तरण गरिएको थियो। राजदूत पुरीले पर्सा, सुनसरी, काठमाडौं, धादिङ, रौतहट, सर्लाही, सप्तरी, धनकुटा, कैलाली, इलाम, झापा, सङ्खुवासभा, रुपन्देहीलगायत ४० वटा विभिन्न सामाजिक सङ्घसंस्था र विद्यालयले सञ्चालन गरेका पुस्तकालयलाई पुस्तक हस्तान्तरण गरेका थिए।

साथै उनले देशका विभिन्न भागमा अवस्थित ३० वटा स्वास्थ्य संस्था, सामाजिक संस्थालाई एम्बुलेन्स र त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान, प्रहरी विद्यालयजस्ता छ वटा शैक्षिक संस्थालाई बसको साँचो हस्तान्तरण गरेका थिए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu