Connect with us
Kapilvast Forest

घरमै पुगेर बाँडियो लालपूर्जा

२०७६, ३० श्रावण बिहीबारमा प्रकाशित

३० साउन, बुटवल । बुटवल उपमहानगरपालिकाले विभिन्न क्षेत्रमा करिब पाँचसय जनालाई लालपुर्जा वितरण गरेको छ । साविकको मोतिपुर र सेमलार गाविसका विभिन्न टोलमा ब्लकका घर बनाएकालाई लालपुर्जा वितरण गरिएको हो ।

उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, उपप्रमुख गोमादेबी आचार्य र कार्यपालिका सदस्य समेतको टोलीले मोतिपुरका ज्येष्ठ नागरिक जगन्नाथ ढकाल र उनका दुई भाइलाई लालपुर्जा वितरण गरी कार्यक्रमको शुभारम्भ गरे । सेमलार, मोतिपुर, रानिगञ्ज, पोखराबारी तथा मनोहरापुर क्षेत्रमा गरी चार सय बढीलाई लालपुर्जा वितरण गरिएको छ ।

ज्येष्ठ नागरिक हरिप्रसाद ढकालले जति नै जग्गा भए पनि स्वामित्व पाउन नसक्दा निराशा लाग्ने अवस्थाको अब अन्त्य भएको बताए ।२०२७ सालमा पाउनुपर्ने लालपुर्जा अहिलेसम्म नपाएकाले समस्या समाधानका लागि अहिले सरकारले घरमै पुगेर लालपुर्जा वितरण प्रकृया अगाडि बढाएको बुटवल उपमहानगरपालिका प्रमुख सुवेदीले बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu