Connect with us
Kapilvast Forest

पत्रकार पुडासैनीको ‘न्यायका लागि’ चितवनमा प्रदर्शन

२०७६, ३२ श्रावण शनिबारमा प्रकाशित

चितवन । पत्रकार शालिकराम पुडासैनीको न्यायका लागि भन्दै शनिबार चितवनको भरतपुरमा प्रदर्शन भएको छ ।

नारायणगढको एक होटलमा गत साउन २१ गते मृत भेटिएका पुडासैनीको न्यायका लागि भन्दै चौबीसकोठीमा प्रर्दशन भएको हो। पुडासैनीको मृत्यु प्रकरणका अभियुक्तहरू रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीविरूद्ध शुक्रबार मात्रै चितवन अदालतले पाँच दिनको म्यादसहित प्रहरीलाई अनुमति दिइसकेको छ।

अदालतमा म्याद थप भइसकेको अववस्थामा यो घटनाको पक्ष र विपक्षमा उत्रिनको औचित्य नभएको जनाउँदै उनीहरूले हात हातमा प्लेकार्ड बोकेर प्रर्दशन गरेका हुन्।

यो प्रदर्शन स्वतन्त्र युवा समूहको नामबाट गरिएको हो। प्रर्दशनका सहभागीहरूले न्यायलयलाई निष्पक्ष अनुसन्धान गर्न दिन आग्रह गरेका छन्। प्ले कार्डमा अपराधलाई राजनीतिकरण नगरौं, निष्पक्ष छानविन गर्न देऊ, शालिकराम पुडासैनीले न्याय पाउनैपर्छसहितका नारा लेखिएका प्लेकार्ठ बोकेर प्रदर्शन भएको हो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu