Connect with us
Kapilvast Forest

वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको निधन

२०७६, ३२ श्रावण शनिबारमा प्रकाशित

काठमाडौं । वरिष्ठ कलाकार सुभद्रा अधिकारीको ७३ वर्षको उमेरमा निधन भएको छ । उनको शनिबार बिहान ८ बजेतिर डल्लुस्थित आफ्नै निवासमा निधन भएको हो ।

नेपाली चलचित्र क्षेत्रमा निरन्तर सक्रिय सुभद्राले थुप्रै चलचित्र र नाटकमा अभिनय गरेकी छिन् । उनले अभिनय गरेका चलचित्र ‘बासुदेव’, ‘चिनो’, ‘स्वर्ग’, ‘बादल पारि’, ‘बेहुली’ लगायत कैयन् हिट छन् ।

नेपाली रंगमञ्चका क्षेत्रमा समेत उत्तिकै सक्रिय रहेकी सुभद्राले बाल्यकालदेखि नै नाटक र नृत्यमा सधै अग्रसर रहिन् । उनले बासु शशि, विजय बहादुर मल्ल, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा लगायतका नाटकमा समेत अभिनय गरिन् । उनले अभिनय गरेको पहिलो चलचित्र ‘मनको बाँध’ थियो । ६ वर्षको उमेरमा नेवारी नाटक ‘कचिमचा’ (काँचो माटो) बाट उनको अभिनय यात्रा शुरु गरेकी थिइन् ।

अधिकारी केही वर्षदेखि दम रोगबाट पीडित थिइन्। उनको जन्म २००४ सालमा भएको थियो। उनका १ छोरा र छोरी छन्। दर्जनौ नाटक, टेलिश्रृखंला तथा सिनेमामा अभिनेत्री रहेकी अधिकारी नेपाली दर्शकमाझ ‘कन्यादान’ सिनेमामा गरेको छुच्ची सासूको भूमिका लागि चर्चित छिन्।

पछिल्लो समय भने सुभद्रा समाजसेवामा बढी सक्रिय थिइन् । उनको निधनले नेपाली चलचित्र क्षेत्रमा क्षति पुगेको भन्दै कलाकारले दुःख प्रकट गरेका छन् । उनको श्रद्धाञ्जली तथा अन्त्येष्टी आज १ बजेदेखि ३ बजेसम्म पशुपति आर्यघाटमा गरिने परिवारले जनाएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu