Connect with us
Kapilvast Forest

राष्ट्रिय वाणिज्य बैंकको नाफा ५ अर्ब ३२ करोड

२०७६, १ भाद्र आईतवारमा प्रकाशित

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आर्थिक वर्ष २०७५/०७६ मा कूल ५ अर्ब ३२ करोड नाफा आर्जन गरेको छ ।

गत आर्थिक वर्षमा नाफा ४६ प्रतिशतले बढेको बैंकले जानकारी दिएको छ ।

आर्थिक वर्ष २०७४/०७५ मा बैंकको कूल नाफा ३ अर्ब ६५ करोड रहेकोमा गत आवमा ५ अर्ब ३२ कराेड नाफा कमाउन सफल भएको बैंकले जनाएको छ ।

राष्ट्रिय वाणिज्य बैंकले सर्वसाधारणलाई शेयर जारी नगरेकाले नाफाको ४० प्रतिशत लाभांश सरकारी कोषमा जम्मा हुने बैंकको भनाइ छ ।

बैंकले ब्याजमा १५ अर्ब बढी आम्दानी गरेको छ ।

असार मशान्तसम्म बैंकको निक्षेप १ खर्ब ९० अर्ब तथा कर्जा रकम १ खर्ब ४४ अर्ब रहेको जनाइएको छ । १३ अर्ब ७३ करोड रुपैयाँ रिजर्ब रहेको बैंकको चुक्ता पूँजी ९ अर्ब रहेको जनाइएको छ ।

बैंकले गत आर्थिक वर्षमा बेसरेट घटाएर ५.५० प्रतिशत पुर्याएको छ । अघिल्लो वर्षको बेसरेट ६.२० प्रतिशत रहेको थियो ।

बैंकको पूँजीकोष अनुपात १३.२० प्रतिशत रहेको बैंकले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu