Connect with us
Kapilvast Forest

विद्युत प्राधिकरणका कर्मचारीलाई बोनस दिइने नाफा ७ अर्ब २० करोड

२०७६, १ भाद्र आईतवारमा प्रकाशित

 

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले कर्मचारीलाई बोनस दिने भएको छ । उर्जा जलश्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले प्राधिकरणका कर्मचारीलाई बोनस दिने निर्णय भएकाे जानकारी दिनुभएको छ ।

‘प्राधिकरणले आर्जन गरेको मुनाफाबाट कर्मचारीलाई बोनस उपलब्ध गराउने निर्णय भएको छ’ प्राधिकरणको ३४ औं वार्षिकत्सवमा उहाँले भन्नुभयो, ‘सबै तहका कर्मचारीले जनही ७ हजारका दरले मुनाफा पाउँछन् । निजामति कर्मचारीका लागि सरकारले वृद्धि गरेकै अनुपातमा सबै कर्मचारीको मासिक तलब भत्ता पनि वृद्धि गरिएको छ ।’

मन्त्री पुनले कर्मचारीले महंगी भत्ता वापत प्रतिमहिना २ हजार पाउने उल्लेख गर्नुभयो । यसअघि प्राधिकरणले कर्मचारीहरुको मंहगी भत्ता रोकेको थियो । मन्त्री पुनले प्राधिकरण नाफामा जानु र त्यहाँ कार्यरत कर्मचारीको सेवा सुविधा बढ्नुले यो वर्ष गौरवको र उपलब्धिको वर्ष भएको भन्दै खुशी व्यक्त गर्नुभयो । प्राधिकरणले आर्थिक वर्ष २०७५/७६ मा ७ अर्ब २० करोड नाफा कमाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu