Connect with us
Kapilvast Forest

प्रजातन्त्रमाथि खतरा !

२०७६, २ भाद्र सोमबारमा प्रकाशित

भैरहवा । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो समय प्रजातन्त्रमाथि खतरा बढ्दै गएको बताउनुभएको छ ।

देउवाले सबैभन्दा खतरा कम्युनिष्ट पार्टी र अहिलेको सरकारबाट भएको बताउनुभयो पार्टी केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सोमबार भैरहवामा आयोजना गरेको प्रदेश ५ स्तरीय महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण कार्यक्रममा बोल्दै सभापति देउवाले भन्नुभयो, ‘बिस्तारै प्रजातन्त्र नै खतरामा पर्ने देखिएको छ, यो कांग्रेसलाई सैह्यै हुँदैन ।’ कसैले प्रजातन्त्र विरोधी गतिविधि गर्छ भने त्यसलाई कांग्रेसले नछोड्ने देउवाको भनाइ थियो ।

सभापति देउवाले सरकारले जनअपेक्षाका केही काम गर्न नसकेको आरोपसमेत लगाउनुभयो । ‘जताततै निराशा मात्रै छ, विकास–निर्माणका काम अधुरा छन्, जनतामा नैराश्यता छाएको छ’ देउवाले भन्नुभयो, ‘कम्युनिष्ट शासन भनेकै अधिनायकवाद हाे। अहिलेको सरकारले पनि त्यस्तै व्यवहार प्रदर्शन गरिरहेको छ ।’

सभापति देउवाले पार्टीलाई बलियो शक्ति बनाउन र आगामी निर्वाचनमा पहिलो दल बनाउन सुशासन जरुरी रहेको बताउनुभयो । उहाँले चुनावका बेला पार्टीलाई भोट नहाल्ने जोकोही पार्टीमा बसिरहन आवश्यक नरहेको औल्याउनुभयो ।

चुनावमा पार्टीलाई धोका दिने कांग्रेस नभएको र जतिसुकै धेरै नेता–कार्यकर्ता भएपनि कारबाही गरेरै छोड्ने देउवाको भनाइ थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu