Connect with us
Kapilvast Forest

निर्वाचन आयोगको पञ्चवर्षीय रणनीतिक योजना तयार

२०७६, २ भाद्र सोमबारमा प्रकाशित

प्रकाशित मिति : 19 August, 2019 3:18 pm

काठमाडौं । निर्वाचन आयोगले तेश्रो पञ्चवर्षीय रणनीतिक योजना तयार पारेको छ ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, विश्वसनीय र मितव्ययी रुपमा सम्पन्न गर्दै आयोगलाई स्वायत्त, सक्षम र सुदृढ निकायको रुपमा स्थापित गर्ने उद्देश्यका साथ आयोगले तेश्रो पञ्चवर्षीय रणनीतिक योजना (२०७६/०७७ देखि २०८०/०८१) तयार पारेको हो ।

आयोगको तेश्रो पञ्चवर्षीय रणनीतिक योजनका लागि ५ वटा रणनीति अन्तर्गत ४० वटा कार्यनीति तय गरिएको छ । कार्यनीति कार्यान्वनयका लागि ५ वर्षको कार्ययोजना समेत तयार गरी १ सय ५६ वटा क्रियाकलाप पहिचान गरिएको छ । आयोग परिसरमा सोमबार सम्वाददातासंग कुरा गर्दे प्रवक्ता शंकरप्रसाद खरेलले ७ वटै प्रदेश र सम्बन्धित क्षेत्रका निकायसँग गरिएको परामर्शबाट प्राप्त सुझावहरु राखेर रणनीतिक योजनाको मस्यौदा तयार पारिएको जानकारी दिनुभयो ।

स्वच्छ, स्वतन्त्र, निश्पक्ष, विश्वसनीय र मितव्ययी निर्वाचन मार्फत नागरिकलाई राजनीतिक अधिकारको निर्वाध उपभोग गर्ने अवसरको सुनिश्चितता प्रदान गर्ने लक्ष्य प्राप्तीका लागि रणनीतिक योजना तयार पारिएको प्रवक्ता खरेलले बताउनुभयो ।

आयोगले पञ्चवर्षीय रणनीतिक योजनामा प्रविधियुक्त निर्वाचन व्यवस्थापन प्रणालीको विकास गर्ने, निर्वाचन सम्बन्धि नीतिगत तथा कानूनी सुधार गर्ने, संविधान र कानून बमोजिम राजनीतिक दल नियमन गर्ने र निर्वाचन एवम् नागरिक शिक्षामा साझेदारी र सहकार्य अभिवृद्धि गर्ने रणनीति तय गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu