Connect with us
Kapilvast Forest

नेपाली हवाई क्षेत्रको सुरक्षामा सुधार

२०७६, २ भाद्र सोमबारमा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको हवाई क्षेत्रको सुरक्षामा धेरै सुधार हुँदै गएको युरोपको आकाश माथिको प्रतिबन्ध हटाउनु पर्ने बताउनुभएको छ ।

काठमाडौंमा सोमबारबाट शुरु भएको अन्तरार्ष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) का हवाई महानिर्देशकहरुको सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले बिगतमा जस्तो हवाई सुरक्षामा नेपालको कमजोरी अहिले नरहेको बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले ठ्याक्कै त्यही शब्दमा प्रतिबन्ध हटाउन नभने पनि नेपालले पछिल्ला वर्षमा हवाई उड्डयनमा गरेको विकासले असुरक्षा हटेको बताउनुभएको हो । नेपालले हवाई सुरक्षाका बाँकी काममा क्रमस सुधार गर्दै गएको बताउनुभयो । नेपालले सुखी नेपाली र सम्वृद्ध नेपालको नारा लक्ष्य हासिल गर्न पर्यटनलाई प्रमुख अंगको रुपमा लिएको प्रस्ट पार्दै प्रधानमन्त्री ओलीले विश्वमा प्रवेश गर्न कनेक्टिभिटीको ठूलो महत्व रहेको बताउनुभयो । नेपालको पर्यटन क्षेत्रको विकासका लागि कनेक्टिभिटी आवश्यक रहेको प्रधानमन्त्रीकाे भनाइ थियाे ।

आफ्नो मन्तब्यको क्रममा प्रधानमन्त्री ओलीले काठमाडौंको त्रिभूवन अन्तराष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्टमा रुपान्तरण गर्न लागिएको बताउनुभयो ।प्रधानमन्त्री ओलीले नेपालको पछिल्लो राजनीतिक अवस्था र सरकारले लिएको लक्ष्य प्रस्ट भएको हुादा विकासमा लगानीका लागि अनुकुल समय रहेको बताउनुभयो । नेपाल सरकारले सन् २०२० लाई भ्रमण वर्षको रुपमा मनाउँदै २० लाख बढी पर्यटक भित्र्याउने सरकारको लक्ष्यमा साथ दिन सबैलाई आग्रह पनि गर्नुभयो ।

सोमबारबाट शुरु भएको सम्मेलन पाँच दिनसम्म चल्ने छ ।सम्मेलनमा ४३ देशका चार सयभन्दा धेरै प्रतिनिधिको सहभागिता रहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu