Connect with us
Kapilvast Forest

पर्यटन विश्वविद्यालय खोलिने समृद्धिमा पयर्टनको १० प्रतिशत योगदान

२०७६, २० भाद्र शुक्रबारमा प्रकाशित

काठमाडौं । मुलुकमा पर्यटन विश्वविद्यालय खोलिने भएको छ ।संस्कृत, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मुलुकमा पर्यटन विश्वविद्यालय स्थापना गर्ने तयारी भइरहेको जानकारी दिनुभएको छ ।

मन्त्रीले भट्टराईले शुक्रबार नेपाल ट्रेकिङ एशोसिएशन (टान)को ४१ औ साधारण सभामा त्यसको लागि विधेयक तयार भइसकेकाे बताउनु भयो । ‘पर्यटन क्षेत्रकने दीगो विकासको लागि त्यस सम्बन्धित छुट्टै विश्वविद्यालय नै आवश्यक छ’ उहाँले भन्नुभयो, ‘हामीले त्यो आवश्यकता महशुस गरेर पर्यटन विश्व विद्यालय खोल्ने योजना बनायौ । पर्यटन विश्वविद्यालय स्थापनाको लागि विधेयक ड्राफ्ट भइसकेको छ ।’

मन्त्री भट्टराईले पर्यटन विकासको लागि मन्त्रालयमा सम्बन्धित पक्षसँग नियमित छलफल गरिने उल्लेख गर्नुभयो । ‘पर्यटक विकासको लागि यससँग सम्बन्धित सबैसँग परामशए र सुभलावज आवश्यक छ’ उहाँ भन्नुभयो । ‘त्यसको लागि मन्त्रालयले टान, नाटा, हान लगायत सबै प्षसग नियमित छलफल गर्ने योजना बजनाइरहेको छ । पर्यटन मन्त्रालउले अब सबै प्षसँग नियमित छलफल गर्नेछ ।’

मन्त्री भट्टराई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित मुलुकको विभिन्न स्थानमा डिजिटल उजुरी पेटिका राखिने जानकारी समेत गराउनुभयो ।

समृद्धिमा १० प्रतिशत योगदान
मन्त्री भट्टराईले मुलुकको कूल ग्राहस्थमा पर्यटन क्षेत्रको १० प्रतिशत योगदान रहेको जानकारी दिनुभयो । मुलुकको विकासमा पर्यटन क्षेत्तको मह्तपूर्ण योगदान छ’ उहाँले भन्नुभयो, ‘कूल ग्राहस्थ(जीडीपी)मा १० प्रतिशत पर्यटन क्षेत्रले ओगटेको छ । अब मुलुकको समृद्धिमा पनि पर्यटनले कम्तीमा १० प्रतिशत योगदान गर्नुपर्छ । उहाँहरुले पनि त्यही अनुसारको योजना बनाएर लाग्नूस् ।’

टान

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu