विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका प्रमुख बाबुराम तिम्सिनालाई विद्यार्थीले सोमबार एक घण्टा कार्यकक्षमा थुनेका छन् ।
राष्ट्रिय विद्यार्थी संघ महेन्द्र मोरङ क्याम्पसको अगुवाईमा विद्यार्थी आइतबारदेखि आन्दोलित छन् । संघका अध्यक्ष निरज ठाकुरका अनुसार स्वेतपत्र सार्वजनिक, विद्यार्थीलाई १० प्रतिशत छात्रवृत्ति, प्रवेश फारमको शुल्क फिर्ता, ई लाइब्रेरीको व्यवस्था र संकायमा हुने आर्थिक अपारदर्शीता हटाउनुपर्ने जस्ता मागसहित विद्यार्थी आन्दोलित भएका हुन् । समाचार अन्नपूर्ण पोष्ट्मा छ ।