Connect with us
Kapilvast Forest

बागेश्वरी मन्दिरकाे जग्गा ३ सय व्यक्तिका नाममा

२०७६, ३ भाद्र मंगलवारमा प्रकाशित

काठमाडौं । राजधानीबाट मंगलबार प्रकाशित पत्रपत्रिकाले फरक-फरक विषयका समाचार सम्प्रेषण गरेका छन् ।

नागरिक दैनिकमा मन्दिरको ८४ बिघा जग्गा व्यक्तिका नाममा गरिएको समाचार शीर्ष समाचारका रुपमा छापिएको छ । समाचारमा उल्लेख भएअनुसार पश्चिम नेपालको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको ८४ बिघा जग्गा विभिन्न व्यक्तिका नाममा रहेको तथ्य सार्वजनिक भएको छ । जिल्लाको साविकको इन्द्रपुर गाविसमा रहेको मन्दिरको जग्गा ३ सय व्यक्तिले आफ्नो नाममा गराई लालपुर्जासमेत लिइसकेको पाइएको छ । नागरिकले छानबिन समितिले मन्दिरको जग्गा व्यक्तिका नाममा रहेको पत्ता लगाएपछि सर्वत्र चासो बढेको उल्लेख गरेको छ ।

गोरखापत्र दैनिकले हवाई सुरक्षामा नेपाल प्रतिबद्ध शीर्षकमा समाचार छापेको छ । प्रधानमन्त्री केपी ओलीले हवाई सुरक्षामा गर्नुपर्ने सुधारका लागि नेपाल तयार र प्रतिबद्ध रहेको बताउनुभएको छ । सोमबारदेखि राजधानीमा शुरु भएको एसिया प्रशान्त क्षेत्रका हवाई सेवा नियामकका महानिर्देशकहरुको ५६ औं सम्मेलनको उद्घाटन कार्यक्रममा उहाँले हवाई सेवा माध्यम भएकाले यसको सुरक्षा सधैँ प्रमुख प्राथमिकतामा रहने बताउनुभएको हो ।

अन्नपूर्ण पोस्ट् दैनिकले नेकपामा नयाँ समीकरण शीर्षकमा समाचार छापेको छ । सत्तारुढ नेकपामा नयाँ धुव्रीकरण देखा परेको छ । पार्टीमा मुख्य तीन धार ( केपी ओली, पुष्पकमल दाहाल र माधव नेपाल ) भए पनि एजेन्डागत निर्णयमा दुई धार देखिँदै आएको छ । अध्यक्षद्वय ओली, दाहाल र वरिष्ठ नेता नेपालका अलग-अलग तीन धार छन् । पछिल्लो समय सचिवालय बैठकपछि नेपाल एक्ला देखिएका छन् भने ओली–दाहाल मिलेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu