Connect with us
Kapilvast Forest

नाममै सीमित अरनिको संग्रहालय, २५ लाख स्वाहा

२०७६, ३ भाद्र मंगलवारमा प्रकाशित

इलाम । नगरपालिकाले निमार्ण थालेको अरनिको संग्रहालय नाम मात्रको संग्रहालय बनेको छ । पहिला जिल्ला प्रशासन बसेको भवनलाई संग्रहालयका रूपमा विकास गर्ने काम भए पनि व्यवस्थित बनाउन नसक्दा संग्रहालय नाम मात्रको बनेको हो ।

नगरपालिकाले ऐतिहासिकता झल्काउँदै पर्यटकीय आकर्षण थप्ने उद्देश्यले सदरमुकाममा रहेको एकसय वर्ष पुरानो राणाकालीन दरबारलाई अरनिको संग्रहालय बनाइने भनेर काम थालेको थियो ।भवनलाई सरकारले स्थानीय तहलाई हस्तान्तरण गरेसँगै संग्रहालय निर्माण गर्न योजना बनाएर काम थाले पनि कामले गति लिन नसक्दा नाम मात्रको बनेको स्थानीय रमेश श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिलेसम्म संग्रहालयमा भनेर कोही पनि आएको पाइँदैन, गर्छु भनेर हल्ला मात्र गररे त संग्रहालय बन्ला जस्तो लाग्दैन ।’

जिल्ला प्रशासन कार्यालय नयाँ भवनमा सरेपछि दरबारमा संग्रहालय बनाउनको लागि नगरपालिकाले अघिल्लो आर्थिक वर्षमा १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । यस वर्ष पनि नगरपालिकाको संग्रहालय निर्माणका लागि १० लाख बजेट विनियोजन गरेको इलाम नगरपालिकाकी उपप्रमुख शुसीला नेम्वाङले बताउनुभयो ।

संग्रहालयको गेटबाट पस्ने बित्तिकै फोहोर देखिन्छ । दायाँ र बाँया झारले भरिएको छ भने भवन वरपर जंगलघारी बनेको छ । पहिला प्रशासनको भवन भएको हुँदा धेरै मर्मत गर्नुपर्ने थिएन तर अघिल्लो वर्षको १५ लाख सकियो अहिले पनि १० लाख छुट्टिएर काम भइरहेको छ, तर पनि काम अघि बढ्न सकेको छैन । नगरपालिकाले संग्रहालय निर्माणका लागि अरनिको संग्रहालय समितिलाई जिम्मा दिएको अरनिको संग्रहालयका सचिव दिवाकर भण्डारीले बताउनुभयो ।

राणा प्रधानमन्त्री जंगबहादुर राणाको पालामा इलाममा बडाहाकिम भएर आएका उनका ज्वाइँ गजराजसिंह थापाको कार्यकालमा दरबार बनेको हो । गजराजसिंह थापाले १९१९ सालदेखि १९४२ सम्म इलामको प्रशासन सम्हालेका थिए । दरबार १९२० को दशकमा बनेको बताइन्छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu