Connect with us
Kapilvast Forest

प्रधानमन्त्रीले विरोधीलाई भने– म अझै १५ वर्ष बाँच्छु

२०७६, ४ भाद्र बुधबारमा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले संविधान दिवसलाई राष्ट्रिय महोत्सवको रूपमा मनाउने गरी तयारी थाल्न निर्देशन दिनुभएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिको बुधबार गृहमन्त्रालयमा बसेको बैठकमा उहाँले यस्ताे निर्देशन दिनुभएको हो ।

संविधानले वृहत्तर राष्ट्रिय हित, राष्ट्रिय आकांक्षा र राष्ट्रिय आवश्यकतालाई सम्बोधन गरेको बताउँदै उहाँले भन्नुभयो, ‘संविधान बनेको खुसियाली सीमित घेरामा मात्रै मनाउनु उपयुक्त हुँदैन । राष्ट्रिय महोत्सवको रूपमा मनाउनुपर्छ । यसको तयारी थाल्नुहोस् ।’

विभिन्न स्वार्थहरूको टकरावले सबैको चाहाना पूरा हुन नसकेको बताउँदै प्रधानमन्त्री ओलीले जिद्दी र अडानलाई छोडेर तर्कलाई संविधानले सम्मान गरेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘संविधानले वृहत्तर राष्ट्रिय हित, राष्ट्रिय आकांक्षा र राष्ट्रिय आवश्यकतालाई सम्बोधन गरेको छ । जिद्दीलाई होइन तर्कलाई संविधानले सम्मान गरेको छ । संविधान विगतका संघर्षको गौरव, इतिहास, बलिदान र उपलब्धिको संग्रह हो ।’

उहाँले बलिदान, विभिन्न पक्षहरूको योगदान र तपस्यापछि मात्रै उपलब्धिको निचोडले संविधान प्राप्त भएको बताउँदै प्राप्त उपलब्धिको रक्षा गर्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यका बारेमा बाहिर आइरहेका चर्चाको खण्डन गर्दे विरोधीलाई चुनौतिपूर्ण जवाफ दिनुभयो । विरोधीले आफूलाई मरिहालोस् भनेर प्रचार गरेको उल्लेख गर्दै उहाँले आगामी निर्वाचनमा अस्तित्व रक्षाका लागि तयारी थाल्न चुनौती दिनुभयो ।

उहाँले आफू अझै १५ वर्ष मैदानमै रहने उद्घोष पनि गर्नुभयो । उहाँले भन्नुभयो, ‘अचम्म लाग्छ । विरोधीहरू कति कमजोर भएछन् भने । ऊ बाँचोस् तै पनि मुकाविला गर्छु भन्ने छैन । मरिहाले देखि हुन्थ्यो भनेर । मलाई यस्ता प्रवृत्तिसँग केही भन्नु छैन । मरिगए हुन्थ्यो भन्ने चाहनेलाई आउँदो चुनाव पनि सामना गर्न तयार भएर बस्न भन्न चाहन्छु । आउँदो चुनाव टफ हुनेछ । अस्तित्व रक्षाको लडाई अहिलेदेखि नै शुरु गरे हुन्छ । यो मैले किन भनेको भनेँ, मरिहालोस् भनेर खुब प्रचार गर्या हुनाले फेरि निराश होलान् पछि भनेर । धेरै निराश नहुन् भनेर । अझै १५ बर्ष अखडामा हुन्छु । त्यसकारण पूजा अर्चना , प्रार्थना गरेर केही हुन्छ भने त्यो गर्न दिने मेरो विचार छ ।’

केहीदिन अघि सिंगापुर गएर स्वास्थ्य परीक्षण गराउनुभएका प्रधानमन्त्री ओली बिहीबार पुनःउपचारका लागि सिंगापुर जाँदै हुनुहुन्छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu