Connect with us
Kapilvast Forest

विद्यार्थीलाई जागिरको अवसर

२०७६, ४ भाद्र बुधबारमा प्रकाशित

काठमाडौं । मुलुकमा एकतातिर योग्य व्यक्तिले उचित रोजगारी पाएका छैनन्, अर्कोतिर विभिन्न कम्पनीले दक्ष जनशक्ति पाएका छैनन् । शिक्षित युवा रोजगारीको खोजीमा भौतारिन बाध्य छन् । त्यस्तै विभिन्न कम्पनीले योग्य व्यक्ति नभेट्दा आफ्नो उदेश्य पूरा गर्न सकिरहेका छैनन् ।

मुलुकमा यस्तो अवस्था भइरहेको बेला केही कम्पनीले कार्यक्रमा विद्यार्थी जम्मा पारेर कर्मचारी छनौट गर्न थालेका छन् । काठमाडौं विश्व बिद्यालय अन्तर्गतको स्कुल अफ मेनेजमेन्टले विभिन्न कम्पनीसँग विद्यार्थीका लागि रोजगारी तथा इन्टनशिप सम्बन्धि सम्झौता गरेको छ ।स्कुल अफ मेनेजमेन्टले ललितपुरमा मंगलबार बिशेष कार्यक्रम गर्दै विभिन्न ५२ कम्पनीसँग सहकार्य सम्झौता गरेको हो । स्कुल अफ मेनेजमेन्टले विद्यार्थीहरुको भविष्यलाई सुनिश्चित गर्ने कार्यलाई व्यवस्थित गर्न हरेक वर्ष रोजगारी तथा इन्टनशिप दुवै अवसर जुटाउदै आएको छ ।

कलेजले सन् २०११ साल देखि यो प्रकारको कार्यक्रम शुरु गरेको बताएको छ । सहभागी कम्पनीले विद्यार्थीको अन्तवार्ता लिने र उपयुक्तलाई छनौट गर्ने प्रतिवद्धता जनाएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu