Connect with us
Kapilvast Forest

एभिसी सेन्ट्रल जोन पुरुष भलिबलमा नेपाल माल्दिभ्ससँग भिड्दै

२०७६, ४ भाद्र बुधबारमा प्रकाशित

काठमाडौं । नेपाली भलिबलको इतिहासमा पहिलोपटक नेपालमै आयोजना भइरहेको(एभिसी) सेन्ट्रल जोन पुरुष भलिबलमा बुधबार नेपाल जित्नै पर्ने दबाबका साथ माल्दिभ्सविरुद्ध उत्रँदैछ ।

ललितपुरको लगनखेलस्थित आर्मीको कभर्डहलमा हुने समूह चरणको अन्तिम खेलमा नेपालले साँझ ५ बजे माल्दिभ्सको सामना गर्दैछ । नेपाललाई अघिल्लो चरण प्रवेशका लागि पनि माल्दिभ्सविरुद्वको खेल जित्नै पर्ने दबाब छ । यही खेलले समूह ‘ए’ बाट अघिल्लो चरण पुग्ने अर्को टोलीको टुङ्गो लाग्नेछ । त्यसैले घरेलु मैदानमा हजारौँ समर्थकको साथ पाउने नेपालले माल्दिभ्सलाई पराजित गर्ने उद्देश्यका साथ मैदान उत्रनेछ ।

समूह ए मा रहेको कीर्गिस्तान भने समूहको विजेता बन्दै सेमिफाइनलमा पुगिसकेको छ । जारी प्रतियोगितामा दुवै टोली प्रतियोगितामा जितविहीन छन् । दुबैं टोली कीर्गिस्तानसँग पराजित भएका हुन् ।

यसअघि भदौ २ गते भएको उद्घाटन खेलमा नेपाल कीर्गिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको थियो । मंगलबारको खेलमा कीर्गिस्तानले माल्दिभ्सलाई पनि समान ३–० कै सोझो सेटमा पराजित गरेको थियो ।

यस समूहमा ३ टोली मात्रै रहेकाले नेपाल र माल्दिभ्स दुवै टोलीको सेमिफाइनल पुग्ने सम्भावना छ । त्यस्तै बुधबार नै हुने अर्को खेलमा समूह बी बाट उज्वेकिस्तान र अफगानिस्तान भिड्नेछन् । खेल दिउँसो ३ बजे हुनेछ । उज्वेकिस्तानले यसअघि तुर्कमेनिस्तान र बङ्गलादेशलाई पराजित गरेको थियो । अघिल्लो चरण प्रवेशका लागि अफगानिस्तानलाई समेत बलियो प्रतिद्वन्दीविरुद्व जित निकाल्न आवश्यक छ ।

त्यसैगरी बुधबार नै हुने तेस्रोे तथा अन्तिम खेल साँझ ७ बजे समूह बी मै रहेको तुर्कमेनिस्तान र बङ्गलादेश बीच हुनेछ । अघिल्लो चरण प्रवेशको गणितीय सम्भावना बाँकी राख्न तुर्केमेनिस्तानलाई जित आवश्यक छ । पहिलो खेलमा तुर्केमेनिस्तानले अफगानिस्तानलाई हराएको थियो भने बङ्गलादेश भने उज्वेकिस्तानसँग हार व्यहोरेको थियो ।

समूह बी’ मा शीर्ष स्थानको उज्वेकिस्तानको ४ अंक छ । तुर्केमेनिस्तान र अफगानिस्तान समान एक खेलमा जित निकाल्दै २ अंक जोडेका छन् । बङ्गलादेश अंकविहीन रहँदै तालिकाको अन्तिम स्थानमा छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu