Connect with us
Kapilvast Forest

नेपाली करांते खेलाडी भारत प्रस्थान, अन्तराष्ट्रिय करांते प्रतियोगिता खेल्ने

२०७६, ६ भाद्र शुक्रबारमा प्रकाशित

गीता पौडेल, कपिलवस्तु भाद्र ६
नेपालबाट प्रतिनिधित्व गर्दै दोस्रो अन्तराष्ट्रिय करांते प्रतियोगितामा भाग लिन प्रदेश न.५ का ३५ जना खेलाडी भारतको गुडगाउं जांदै छन । यो क्षेत्रमा करांते खेल्ललाई महत्वका साथ अंगाडी बढाउन निकै मेहनत गर्दै कपिलबस्तु जिल्लाको शिवराज नगरपालिकामा अबस्थित बुद्धशक्ति करांते डोजो र शिवराज नगरपालिकाको संयुक्त आयोजनामा खेलाडीलाई केहि दिनका लागि भारतको गुडगाउँमा सहभागि हुन जान थालेका खेलाडलिाई बिदाइ गरिएको छ । शिवराज नगरपालिले प्रदेश न.५ लगायत नेपाललाई कंरातेमा डोजोमा चिनाउने खेलाडी पाएको छ ।
यस क्षेत्रका खेलाडीहरु अन्तराष्ट्रिय स्तरमा सहभागि हुंदै बभिन्न समयमा जित हाता पारेको पाइएको छ । खेलाडीलाई बिदाइ गर्दै शिवराज नगरपालिका प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले प्रदेश न. ५ मा पनि शिवराज नगरपालिकाले अन्तराष्ट्रिय रुपमा पहिचान बनाएकाले राष्ट्रको पहिचान गरि जितका लागि अग्रीम शुभकामना ब्यक्त गर्दै १० थान डे्रश हस्तान्तरण गर्नु भएको थियो । शिवराज नगरपालिकाबाट खेलमा सहभागि हुंदा आवश्यक पर्ने दर्ता शुल्क र आवतजावतमा लाग्ने यातायात खर्च समेत उपलब्ध गााउने बताउनु भएको छ ।
त्यस्तै शिवराज नगरपालिकालाई चिनाउने पहिचान सहित फर्कीन शुभकामना दिंदै सहभागि भएर राम्रो नतिजा पराप्त गरि बिजयि हुन अग्रीम शुभकामना दिंदै बिजयि पछि स्वागत गर्न पाउने आशा गरेको बताउनु भएको छ ।
नेपाल करांते महांसघ प्रदेश न.५ का प्रमुख रिसिराम पौडेलले खेलकुदको माध्यमबाट स्वच्छ मस्तिस्क असल बिचार हुने बताउँदै खेल्ले कुलतबाट टाढा रहन सहयोग गर्दै समाजलाई परिवर्तन गर्न सक्ने बताउनु भएको छ । प्रदेश प्रमुख पौडेलले नेपालको प्रतिनिधित्व गर्दै नेपालको झन्डा बिदेशमा फहराउन सहभागि हुन लाग्नु भएकाले अनुसासन ढंगले सहभागि हुन अनुरोध गर्नु भएको छ ।
खेलाडीलाई शुभकामना दिंदै ब्यापार संघ कपिलबस्तुका अध्यक्ष महादेब पोखरेलले पछिललो समय सरकारले खेल प्रति थोरै भए पनि चांसो बढाएको बताउनु भएको छ । स्थानिय तहको निर्वाचन पश्चात शिवराज नगरपालिका भित्र भएका खेलाडीहरु प्रति शिवराज नगरपालिकाको सकरात्मक सोंच रहेको बताउनु भएको छ ।
कार्यक्रम बुद्धशक्ति करांते डोजोका प्रमख पशिक्षक रामु सुनारको अध्यक्षतामा शिवराज नगरपालिका प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रमको संचालन नबराज पौडेलले गर्नु भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu