Connect with us
Kapilvast Forest

४० वर्षमा जागिर खाने कर्मचारीले पेन्सन नपाउने

२०७६, ७ भाद्र शनिबारमा प्रकाशित

काठमाडौं । नेपाल सरकारको सेवामा रहेका गैरसैनिक कर्मचारीको उमेर ५८ बाट ६० वर्ष पुर्याउने बिषयमा चर्को बहस लामै समयदेखि जारी छ । निजामती सेवा ऐनमा संशोधनको चर्चा चल्नासाथ कर्मचारीको उमेर हद बढाउने र नढाउने बिषयमा कर्मचारीतन्त्रदेखि राजनीतिक संयन्त्रसम्म बहस हुँदै आएको छ ।

देशको आर्थिक र बेरोजगारीको अवस्था, दक्ष जनशक्तिको उपलब्धता, नागरिकको औसात आयुलाई नै मुख्य आधार मानेर कर्मचारीको अवकाश उमेर निर्धारण गरिन्छ । शारीरिक रुपले असकर्थ कर्मचारीलाई आराम दिने कार्यरत कर्मचारीको पदोन्नति लगायत वृति विकासमा अवसर दिने र नयाँ जनशक्तिलाई प्रवेश दिनु अनिवार्य अवकासको मुख्य उद्देश्य रहेको भनाई विदहरुको छ ।

निजामती कर्मचारीको उमेर ५८ वर्षबाट ६० वर्ष हुने भयो भनेर चर्चा भइरहे पनि संघीय ससदको राज्य व्यवस्था तथा सुशासन समितिबाट हालसम्म निर्णय भइसकेको छैन । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवा शर्त सम्बन्धमा बनेको विधेयकमाथिकाे छलफल समितिमा जारी छ ।

समितिले यस ठोस निर्णय नगर्दै कर्मचारीको उमेर हद ५८ बाट ६० वर्ष पुर्याउनुपर्छ भन्ने दबाब भने बढेको छ । समितिले औपचारिक प्रतिवेदन तयार गरेर संसदले पारत गरी प्रमाणीकरण नगरेसम्म कर्मचारीको उमेर ५८ बाट ६० वर्ष पुग्यो भन्ने आधार छैन ।

निजामती सेवाको हिसाबले पुरुष ३५ र महिला ४० वर्षसम्म सेवा प्रवेश गर्न पाउँछन् । यसरी ४० वर्षमा सेवा प्रवेश गरेका महिला ५८ वर्षमै अवकाश हुन्छन् । उनीहरुको जम्मा सेवा अवधि १८ वर्षको हुन्छ । जब कि पेन्सन पाउन २० वर्ष सेवा अवधि पुर्याउनु पर्छ । यसरी अहिले उमेर हद नबढाउने हो भने ४० वर्षमा सेवा प्रवेश गर्ने कर्मचारीले पेन्सन नपाउने अवस्था छ । ४० वर्षमा प्रवेश गरेकालाई पेन्सन दिलाउने हो भने उमेर हद ६० वर्ष पुर्याउनु पर्ने अवस्था छ । आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu