Connect with us
Kapilvast Forest

डेंगु नियन्त्रण बाहिर

२०७६, १३ भाद्र शुक्रबारमा प्रकाशित

काठमाडौं । राजधानीबाट शुक्रबार प्रकाशित पत्रपत्रिकामा भिन्न–भिन्न विषयका समाचारले प्राथमिकता पाएका छन् । राजधानी दैनिकमा ‘डेंगु नियन्त्रणबाहिर’ शीर्षकमा प्रमुख समाचार छापिएको छ । प्राणघातक रोग डेंगुको प्रकोप दिनप्रतिदिन बढ्दै गएको छ । समयमै गम्भीर नभए यसले विकराल रुप लिने आशंका बढ्दै गएको छ । समाचारमा जनाइए अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो एकल प्रयासबाट डेंगु नियन्त्रण सम्भव नरहेको प्रष्ट पारेको छ ।

पछिल्लो ४० दिनको अवधिमा १ हजार ५३७ जना डेंगुबाट प्रभावित भएका छन् । यो संख्या अझै बढ्ने अवस्थामा छ । प्रदेश नम्बर २ मा १४ जना, प्रदेश ३ मा ५५९ जना, गण्डकी प्रदेशमा ३३९ जना प्रदेश ५ मा ५६ जना र सुदुरपश्चिम प्रदेशमा ६ जना डेंगुका बिरामी भेटिएका छन् ।

नागरिक देनिकले कोलकातामा नेपालकै कन्टेनर स्टेसन शीर्षकमा समाचार प्रकाशित गरेको छ । समाचारमा कोलकातास्थित बन्दरगाहनजिक नेपालले बनाएको सिएफएस उद्घाटन गर्न पुग्नुभएका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको फोटो सहितको समाचार छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu