Connect with us
Kapilvast Forest

विश्वकै अग्लो भवन बुर्ज खलिफामा फहरायो राष्ट्रिय झण्डा

२०७६, ४ आश्विन शनिबारमा प्रकाशित

४ असोज, अबुधाबी । युएईमा अवस्थित विश्वकै अग्लो भवन बुर्ज खलिफामा नेपाली राष्ट्रिय झण्डा फहराएको छ । संविधान दिवसको अवसरमा शुक्रबार साँझ स्थानीय समयअनुसार ९ः१० मा बुर्ज खलिफामा नेपाली झण्डा फहराइएको हो ।

विभिन्न देशको राष्ट्रिय दिवस तथा स्वतन्त्रता दिवसको दिन संसारको अग्लो भवन बुर्ज खलिफामा सम्बन्धित देशको झण्डा फहराउने चलन छ । बुर्ज खलिफामा नेपालको राष्ट्रिय झण्डा फहराएको पहिलो पटक हो । यो ऐतिहासिक दृष्य अवलोकन गर्न बुर्ज खलिफा भवन वरिपरि शुक्रबार धेरै नेपालीहरुको भिड लागेको थियो । बुर्ज खलिफामा नेपालको झन्डाको प्रतिविम्ब देखिँदा सयौंको संख्यामा उपस्थित नेपालीहरुले ‘नेपाल’ भन्दै ताली बजाएर खुसियाली मनाए ।

शुक्रबार यहाँ सार्वजनिक विदा पनि भएकाले धेरै नेपालीहरु बुर्ज खलिफामा गएर आफ्नो देशको झण्डा पहराएको दृष्य प्रत्यक्ष अवलोकन गरे । उनीहरुले नेपालीको समेत श्रमले बनेको उक्त भवनमा नेपालको झण्डा फहरिनु गौरवको कुरा भएको भन्दै नेपाली दूतावास र यहाँको सरकारप्रति आभार प्रकट गरेका छन् ।

झापा घर भई हाल युएईमा कार्यरत डिजी गौतमले भने, ‘यो देश बनाउन नेपालीको पनि ठूलो योगदान छ । सायद त्यसैको गुन आज युएईले थोरै भए पनि चुक्ता गरेको छ । अब हामीले पनि सगरमाथाको शिरमा युएईको झण्डा फहराएर गुन तिर्नुपर्छ ।’ बुर्ज खलिफामा नेपालीसँगै अन्य देशका नागरिकले समेत उक्त दृश्यको अवलोकन गरेका थिए । यस्तै युएईको राजधानी अबुधावीमा रहेको एडनक हेडक्वाटर भवनमा पनि नेपालको झन्डा प्रदर्शन गरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu