Connect with us
Kapilvast Forest

त्रिकोणात्मक क्रिकेट शृंखला सिंगापुरमा आजबाट, नेपाल र जिम्बावे भिड्दै

२०७६, १० आश्विन शुक्रबारमा प्रकाशित

काठमाडौं, असोज १० । नेपाल, जिम्बावे र सिंगापुरबीचको त्रिकोणात्मक ट्वेन्टी ट्वेन्टी क्रिकेट शृंखला आजबाट सिंगापुरमा सुरु हुँदैछ ।

शृंखलाको पहिलो खेलमा आज नेपालले जिम्बावेको सामना गर्नेछ । इन्डियन एसोसियसन मैदानमा नेपाली समयअनुसार साँझ सवा ५ बजे खेल सुरु हुनेछ ।

जिम्बावेविरुद्ध मैदानमा उत्रदा नेपालले यूवा खेलाडीहरुमा भर पर्नुपर्नेछ । राष्ट्रिय टोलीका तीन जना नियमित र अनुभवी खेलाडीहरु यसपटक टोलीमा छैनन् ।

विविध कारणले ज्ञानेन्द्र मल्ल, शरद भेषावकर र बसन्त रेग्मी यसपटक टोलीमा छैनन् । तर, टिममा दुई नयाँ खेलाडीहरु ईशान पाण्डे र कुशल मल्लले पहिलोपटक स्थान बनाएका छन् ।

शृंखलामा सबै तीन देशले एक अर्काविरुद्ध दुई दुईवटा खेल खेल्नेछन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu