Connect with us
Kapilvast Forest

भुटानलाई हराउँदै बंगलादेश फाइनलमा

२०७६, १० आश्विन शुक्रबारमा प्रकाशित

काठमाडौं, असोज १० । नेपालमा जारी तेस्रो संस्करणको दक्षिण एसियाली खेलकुद (साफ) यु–१८ फुटबल प्रतियोगिताअन्तर्गत् अन्तिम चारणको प्रतिस्पर्धामा बंगलादेश पुगेको छ ।

हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपीएफ)को मैदानमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई ४–० गोलअन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।

खेलको दोस्रो मिनेटमा नै बंगलादेशले अग्रता लियो । बंगलादेशका कप्तान यासिन अराफातले गोल गर्दै पहिलो अग्रता लिएका हुन् ।त्यस्तै, खेलको २७औं मिनेटमा बंगलादेशले अर्का खेलाडी मोहम्मदअहमेद फाहिमले गोल गर्दै आफ्नो टोलीको अग्रता दोब्बर बनाए ।खेलको ३२औं मिनेटमा मोहम्मद मराजले गोल गर्दै खेलको पहिलो हाफअघि बंगलादेशलाई ३–० को अग्रता दिलाएका थिए ।

भुटानविरुद्ध पहिलो हाफमा ३ गोल गरेको बंगलादेशले दोस्रो हाफमा एक गोल थप्यो । खेलको दोस्रो हाफको अन्तिम मिनेटमा बंगलादेशका दीपक रोयले एक गोल गरेपछि बंगलादेशले भुटानमाथि ४–० को सहज जित हात पार्‍यो ।

भूटान समूह ‘ए’को विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो भने बंगलादेश समूह ‘बी’को उपविजेताकारुपमा सेमिफाइनलमा पुगेको थियो ।अब बंगलादेशले उपाधिका लागि भारत र माल्दिभ्सबीचको विजेतासँग खेल्नेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu