Connect with us
Kapilvast Forest

हाँडीखोलाका किसान माछा पालनतर्फ आकर्षित

२०७६, १७ भाद्र मंगलवारमा प्रकाशित

पुष्पराज अधिकारी, हेटौंडा ।

मनहरी गाउँपालिका हाँडीखोलाका किसान माछा पालनतर्फ आकर्षित भएका छन् । स्थानीय तहले माछापालनमा अनुदान उपलब्ध गराएपछि किसान उत्साहित भएका हुन् ।

स्थानीय सन्तलाल रुम्बाले अनुदान पाएपछि किसान दंग परेको बताउनु भयो । हाँडीखोलाको मसिनेलाई माछा गाउँको रुपमा विकास किसानलाई अनुदान दिइएको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो । ‘चुरेको चिसो पानी माछा पालनको लागि उपयुक्त छ’ उहाँले भन्नुभयो, ‘त्यो ठाउँ माछाको लागि राम्रो छ, त्यही भएर मसिने गाउँलाई माछा गाउँको रुपमा चिनाउने योजना छ ।’

अध्यक्ष उप्रेतीका अनुसार गाउँपालिकाले माछा किसानलाई अघिल्लो वर्ष पोखरी सरसफाईका लागि १० लाख रुपैयाँ उपलब्ध गराएको थियो । किसानलाई समूह बनाएर अनुदान दिइएको थियो । चुरेको चिसो पानीमा माछा पालन उपयुक्त हुने भएकाले यस क्षेत्रका किसानले माछा पालन ब्यवसाय गरिरहेका छन् ।

गाउँपालिकाले माछा पालन गर्ने किसानलाई आवश्यक तालिमको व्यवस्था गर्ने योजना बनाएको छ । किसानको लगानीलाई सुरक्षित बनाउन माछा उत्पादन गर्ने तरिका र यसको बजारीकरण गर्न गाउँपालिकाले योजना बनाउने अध्यक्ष उप्रेतीले बताउनुभयो । भारतीय बजारबाट आउने माछा भन्दा स्थानीय किसानले उत्पादन गर्दै आएको माछालाई प्रोत्साहन गर्नुपर्ने उहाँको भनाई छ ।

प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले शनिबार नमूना कृषि र माछा फार्मको अनुगमन गर्नुभएको छ । किसानका समस्या बुझेर उनीहरुलाई व्यवसायिक रुपमा कृषि पेशामा आत्म निर्भर बनाउन प्रदेश सरकारले विशेष पहल गर्ने मुख्यमन्त्री पौडेलले बताउनुभयो । गाउँघरमै मुख्यमन्त्री आएपछि किसानले आफ्ना समस्या राखेका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu