Connect with us
Kapilvast Forest

अस्पतालमै अवैध धन्दा, ५ लाखमा मिर्गाैला !

२०७६, १८ भाद्र बुधबारमा प्रकाशित

काठमाडौं । निदान अस्पतालले एक व्यक्तिलाई तयार पारेर अर्कै व्यक्तिको मिर्गौला झिकेर प्रत्यारोपण गराएको तथ्य फेला परेको छ । ललितपुरको पुल्चोकस्थित अस्पतालका चिकित्सक पुकार श्रेष्ठको टोलीले गैरकानुनी ढंगले गत साउन अन्तिम साता रामेछाप दोरम्बाका शंकरलाल लामा (योञ्जन) को मिर्गौला प्रत्यारोपण गरेको फेला परेको हो । मिर्गौला प्रत्यारोपणमा श्रेष्ठ कुशल र अनुभवी चिकित्सक मानिन्छन् ।
डा.श्रेष्ठले हजारौं मिर्गौलाका बिरामीको उपचार गरिसकेका छन् । श्रेष्ठकै नेतृत्वमा गैरकानुनी ढंगले मिर्गौला निकालेर र प्रत्यारोपण गरिएको छ । गैरकानुनी तरिकाले मिर्गौला प्रत्यारोपण गर्न निदान अस्पताल स्वयं चर्को आर्थिक प्रलोभनमा परेको हुन सक्ने फरकफरक स्रोतहरूले बताएका छन् ।

योञ्जनलाई मिर्गौला दिन उनका भान्जा सञ्जीव घिसिङ तयार पारिए पनि मिर्गौला तस्कर र निदान अस्पतालका केही चिकित्सकको मिलेमतोमा परिवारभन्दा बाहिरका अर्कै व्यक्तिको मिर्गौला झिकिएको थियो । नातेदारभन्दा बाहिरका व्यक्तिको मिर्गौला प्रत्यारोपण गर्नु गैरकानुनी हो । गैरकानुनी ढंगले झिकिएको मिर्गौला डा. श्रेष्ठको टोलीले योञ्जनको शरीरमा प्रत्यारोपण गरेको थियो ।

अस्पतालले घटना गुपचुप पार्न खोजिरहेको ती बिरामीको भनाइ छ । निदानमा भेटिएका मिर्गौलाका बिरामीले अस्पताल प्रशासनले सत्यतथ्य बाहिर नल्याए प्रशासन गुहार्ने तयारी गरेका छन् । अस्पतालका कर्मचारीले समेत यो घटना छानबिन गर्न माग गरेका छन् ।

दोरम्बा गाउँपालिकाले गत असार २० गते स्थानीय बासिन्दा शंकरलाल लामा (योञ्जन) को मिर्गौला प्रत्यारोपण गर्न उनका नातेदारको नाता प्रमाणित गरिदियो । नाता प्रमाणित गरिएको कागजमा लामाका भान्जा सञ्जीव घिसिङ मिर्गौला दिन तयार भए । तर निदान अस्पतालले घिसिङको मिर्गौला निकालेन ।

मिर्गाैला तस्करी गर्ने केदार नाम गरेका युवाले ५ लाख दिने सर्तमा दाङबाट एक युवा लिए । अस्पतालले उनैकाे मिर्गाैला निकालेर गैरकानुनी रूपमा मिर्गाैला प्रत्याराेपण गरिदियाे । अन्नपूर्ण पोस्ट् दैनिकले खबर छापेको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu