Connect with us
Kapilvast Forest

क्यान्सर केन्द्र निर्माणमा समय थप गर्न स्वास्थ्य समितिको निर्देशन

२०७६, १९ भाद्र बिहीबारमा प्रकाशित

काठमाडौं । स्वास्थ्य समितिलअन्तर्गतको कार्यदलले महाराजगञ्जमा सुरेश वाग्ले मेमोरियल क्यान्सर केन्द्र निर्माणका लागि अन्तिम पटक समय थप गर्न शिफारिस गरेको छ । कार्यदलले स्थलगत अध्ययन गरी तयार पारेको प्रतिवेदनमा भवन निर्माण कार्य सम्पन्न गर्न अन्तिम पटक समय थप गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

बुधबार समितिको वैठक भवन निर्माण प्रतिवेदन पेश गर्दै कार्य दलकी संयोजक अञ्जना बिशंखेले भेरिएशन स्वीकृत भई थपिएको समय नौ महिनाभित्र पनि भवन निर्माण गरी हस्तान्तरण नगरे सम्झौता रद्द गर्नुपर्ने बताउनुभयो ।

भवन निर्माणको ठेक्का गौरा कन्ट्रक्सले लिएको छ । कम्पनीलाई कालो सूचिमा राख्न पनि सरकारलाई निर्देशन दिनुपर्ने प्रतिवेदनमा उल्लेख छ । कार्य दलले सरकारले समयमै भुक्तानी नदिएका कारण निर्माण कार्य सम्पन्न गर्न ढिलाई भएको पनि स्पष्ट पारेको छ ।

भवन निर्माण कार्य ७० प्रतिशत सम्पन्न भएपनि भुक्तानी निकासामा ढिलाई हुँदा निर्माणको काम ढिलाई भएको संयोजक विशंखेले बताउनुभयो ।

२०६८ साल मंसीर २८ गते निर्माण कार्य शुरु गरी ३ वर्ष भित्र सम्पन्न गरी सक्ने लक्ष्य लिइएको भवनको निर्माण कार्य बजेट निकासा र भूकम्पका कारण ढिलाई हुन गएको दावी गरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu