Connect with us
Kapilvast Forest

‘सम्पदा लडाइँ’ ल्याउँदै पत्रकार न्यौपाने

२०७६, १९ भाद्र बिहीबारमा प्रकाशित

काठमाडौं । पत्रकार दामोदर न्यौपानेले आफ्नो सातौं पुस्तक ‘सम्पदा लडाइँ’ बजारमा ल्याउने भएका छन् । सांग्रिला बुक्सले बजारमा ल्याउन लागेकाे न्यौपानेको पुस्तक यही भदाै २१ गते शनिवार विमाेचन हुँदैछ ।

न्यौपानेको पुस्तक सम्पदा संरक्षणमा केन्द्रित छ । पुस्तकमा सम्पदामा पुरातात्विक मूल्यमान्यता मिचिएका, चिहान मासेर घर बनाइएका, पोखरी मासेर भवन बनाइएका जस्ता विषयहरुको चिरफार गरिएको सांग्रिला बुक्सले जनाएकाे छ ।

पुरातात्विक घरको जगमुुनि मूर्ति भेटिन्छन् । जङ्गलमा कङ्क्रिट हालिएका छन् । विशाल राणाकालीन भवन भत्काइएका छन् । गुठीका जग्गा हडपिएका छन् । ढुङ्गेधारा सुकाइएका छन् । यो अवस्था रहने हो भने अबको पुस्ताले हाम्रा पुर्खाका वैभव जस्ताको तस्तै देख्न पाउने छैनन् । यही चिन्ताले सम्पदाको पक्षमा केही बहस चलाएको पनि छ । यसमा थप बहस र छलफलको अनुभूति गराउन न्यौपानेको पुस्तकले महत्वपूर्ण भूमिका खेल्ने प्रकाशनको विश्वास छ ।

सांग्रिला बुक्सले विज्ञप्तिमा उल्लेख गरेको छ, ‘नेपालमा मूर्त र अमूर्त दुवै सम्पदा संरक्षणमा समस्या छन् । अमूर्त सम्पदामा ध्यान दियौं भने हामी विश्वमै सम्पन्न हुने आधार छन् । तिनै आधार अब खोजी गर्नुपर्छ । तिनको खोजी गर्न जातिबीच जानुपर्छ । समुदायमा जानुपर्छ । बस्ती बस्तीमा जानुपर्छ । यिनै विषयमा खोजी गरेर सम्पदा के हो ? सम्पदामा अहिले के भइरहेका छन् ? कानुनी अवस्था के छ ? कानुन कसरी मिचिएको छन् ? अन्तराष्ट्रिय कानुनले संरक्षण गर्ने गरेको बाध्यकारी व्यवस्थालाई नेपालले कसरी आत्मसात् गरेको छ ? जस्ता तमाम प्रश्नमा पत्रकार न्यौपाने सम्पदा लडाइँमा गम्भीर विषय समेटीएका छन् ।’

देशैभरि विभिन्न जाति, क्षेत्र, समुदायमा मूर्त र अमूर्त सांस्कृतिक सम्पदा रहेको र तिनलाई राष्ट्रिय सम्पदामा सूचीकृत गर्नुपर्नेे सांग्रीलाको विज्ञप्तिमा उल्लेख छ ।

पत्रकार न्यौपानेले यस अघि एम्बुसमा ६ बर्ष, कर्म : सिकाइमा गहिरिएको खाडल, ट्यालेन्ट शो, स्वर्णिम समय, स्कुल बेच्ने बालक र हाडको डोको जस्ता पुस्तक बजारमा ल्याइसकेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu