राष्ट्र भक्त हिमाली, पहाडी र मधेसी
- वशिष्ठ तिवारी
राष्ट्र को मेरुदण्ड (विकास) नागरिकहरुको राष्ट्रियतमा निहीत हुन्छ किनभने राष्ट्रियताको अभावमा राज्यको प्रादुर्भाव हुनसक्ने सम्भावना प्रबल हुन्छ। खालि भूगोलले राष्ट्रको अस्तित्व कदापि सम्भब हुदैन त्यहि भएको हुनाले एउटा समप्रभुता सम्पन्न, शसक्त, शाश्वत राष्ट्र हुनुकोलागि बिबिधता सम्पन्न सँस्कृति, सँस्कार, धर्म,भाषा, जात-जाती, लिङ्ग इत्यादि पक्षको उपलब्धता नितान्त आवश्यक हुन्छ।
हाम्रो देश नेपालको सन्दर्भमा बिबिधता को कुनै अभाव नरहेको कुरा स्पष्ट अनुभव हुन्छ तर विविधता को ब्यस्थापन, समाबेशी सहभागिता को समस्या हुनसक्छ त्यहि भएको हुनाले राष्ट्र र राष्ट्रियता प्रति जिम्मेवार, सिर्जनशील, उत्पादनमुखी, उर्जावान, ओजस्वी नागरिक तत्कालीन शिक्षा पद्धतिले उत्पादन नगरे सम्मा राष्ट्र र राष्ट्रिय विविधताको को कदर कदापि परिपुर्ण हुदैन। वनजंगल, माटो, नदी, ताल, पोखरी, जीवजन्तु, किरा फट्याङ्ग्रा, चरा इत्यादिमा विविधता मा एकता नभए पनि खासै फरक पर्दैन तर राष्ट्र विकास को निम्ति मानव जातिमा एकता नहुनुको बिकल्प नरहेको अनुभव हुन्छ ।
मानव सभ्यताको विकास आदिकाल बाट भएको प्रमाणित हुन्छ र समूहगत विभाजन हुँदा हुँदै बर्तमानको संरचना सम्मा हामी पुगेका छौ त्यहि भएर अब फेरी विविधता मा एकता नगरे सम्मा राज्यको अध्यातमिक विकास हुदैन। तत्कालीन हाम्रो देश नेपालमा हिमाली, पहाडी र मधेसी बिचमा ठुलो खाडल भएको अनुभुति हुन्छ ,यसो हुनुको कारण सायद कतै न कतै हामी हरेक नागरिक जिम्मेवार छौं। हामी प्रतेक नागकरिकले एक अर्कोको भाषा, धर्म, पहिरन, सँस्कृति को कदर गर्नु पर्छ।
कसैको सँस्कृति, सँस्कार, पहिरन, भाषा, को कदर गरिदिएमा हाम्रो अस्तित्व माथी संकट आउँदैन बरु नयाँ नेपाल निर्माण गर्नमा योगदान हुन्छ। उत्तर तिरा बाट हेर्दा हिमाल टाउको हो भने, दक्षिण वाट हेर्दा तराई टाउको हो र मुख्य भाग पहाड हो ।हिमाली, पहाडी र मधेसी बीचमा रथ र पाङ्ग्रा को समबन्ध हुनु पर्छ किन भने हामी एक अर्का को सम्पुरक हौं, संहारक होइन त्यहि भएर प्रतेक नागरिकले राष्ट्रको विकासमा योगदान दिनु पर्छ। भौतिक विकास ले मात्र हामी र हाम्रो देश समृद्ध हुदैन त्यहि भएर अध्यातमिक र नैतिक विकास लाई बेवास्ता गर्नु हुँदैन।
वर्तमान युग एक अर्को लाई अपमानित गर्ने युगहोइन, यो शिक्षा, बिग्यान, प्रबिधि को युग हो।
कुनै पनि बगैंचा मात्र एक जाति को फूल र विरुवा ले मनमोहक दृष्य हुदैन बरु थरि थरिका फूल र विरुवा ले मनमोहक दृश्य भई ,अवलोकन योग्य हुन्छ र आकर्षण को केन्द्र बन्न जान्छ त्यसतै हामी प्रतेक समुदाय थरि थरिका फूल र विरुवा हो र हाम्रो देश एउटा बगैंचा हो जुन सम्पुर्ण मानव जातिको लागि आकर्षणको केन्द्र हुनु पर्छ ।हाम्रो भाषा, सँस्कृति र पहिरन फरक भए पनि राष्ट्र र राष्ट्रियता तथा भाईचारा को बिषयमा हामी सदैव एक हुनु पर्छ र उत्कृष्ट नागरिकको जिम्मा निर्वाह गर्नु पर्छ ।
प्रत्येक नागरिक राष्ट्र भक्त र समाज सेवक हुनुको साथ साथै सहयोगी एवं प्रतिस्पर्धी ना भएसम्म सम्पूर्ण मानवजातिको उत्थान अपेक्षित र नतिजामूलक हुदैन। बहुसंख्यक ले अल्पसंख्यक, शिक्षित ले अशिक्षित, ठुला ले सानो, धनि ले गरिब र स्वस्थ ले अस्वस्थ को सम्मान र सहयोग गर्नेुमा कुनै कसर छोडनु हुदैन र उदाहरणीय आदर्श व्यक्तित्व भई समाजमा महत्वपूर्ण काम सदैव गर्नु पर्छ। हामी प्रतेक समुदाय राष्ट्र को मेरुदण्ड हो, र हामी प्रतेक समुदाय को लागी सम्पुर्ण राष्ट्र धर्मस्थान हो।
भाषा र पहिरन को अधारमा कसैलाई बहिष्कृत र अपमानित गर्नु हुदैन, बरु बहिस्कृत गर्नु छ भने, कमैया प्रथा, छाउपडी प्रथा, दाइजो प्रथा, घुम्टो प्रथाको बहिष्कार गरेरा राष्ट्रको विकासमा टेवा पुर्याउन सकिन्छ। हामी प्रतेक समुदायले एक अर्का को बिरोध गर्नुको सट्टा बरु प्रतेक समुदाय को अस्तित्व को संरक्षण गरी राज्यलाई सम्पन्न गरौं।
हामी पहिला सम्पूर्ण समुदाय नेपाली हो त्यस पछी हिमाली, पहाडी र मधेसी जस्तै गुलाफ, कमल, लालिगुराँस इत्यादि विभिन्न नाम भए पनि सर्बप्रथम फूलहो त्यसतै नदि लाई हर्दा गण्डकी, कोशी, कर्णाली, बागमती, बाणगँगा जुन नाम भएपनि बगने पानी नै हो त्यहि भएको हुनाले हाम्रो जाति भाषा,धर्म,पहिरन फरक हुनसक्छ तर हामी सबै देशभक्त नेपाली नै हो।
कसैको राष्ट्र प्रति समर्पणमा शंका गर्नु पूर्व राष्ट्रको सेवा गर्न अवसर दिनु पर्छ त्यसपश्चात मुल्यांकन गर्दै बेस हुन्छ।
- वशिष्ठ तिवारी