Connect with us
Kapilvast Forest

कांग्रेसद्वारा दोस्रो चरणको जागरण अभियान घोषणा, संविधान संशोधनको मुद्दा उठाउने

२०७६, १९ भाद्र बिहीबारमा प्रकाशित

काठमाडौं, भदौ १९ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संगठन शुद्धीकरण र सरकारको जनहितविपरीतका कार्यबारे आमजनतालाई जानकारी गराउने उद्देश्यका साथ दोस्रो चरणको जागरण अभियान घोषणा गरेको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले ३३० प्रदेश निर्वाचन क्षेत्रमा प्रतिनिधि पठाएर संगठनलाई बलियो बनाउने जनाएको हो ।

लामो समयदेखि जारी पार्टीको केन्द्रीय कार्यसमिति बैठकले पार्टीलाई एकढिक्का बनाएको भन्दै कांग्रेसले अब जनताको मन जित्ने अभियानका साथ ३३० प्रदेश निर्वाचन क्षेत्रमा पुगेर विभिन्न कार्यक्रम गर्ने जनाएको छ ।

यही भदौ २४ गते प्रत्येक प्रदेश निर्वाचन क्षेत्रमा १०६ बिरुवा रोपेर अभियान शुभारम्भ गर्ने तय गरेको कांग्रेसले प्रत्येक निर्वाचन क्षेत्रमा ३०० युवाहरुसँग संवाद गर्ने लक्ष्य निर्धारण गरेको छ ।

हिमाल, पहाड, तराई-मधेस जागरण अभियानकाक्रममा कांग्रेसले यसपटक सामाजिक संवादलाई विशेष जोड दिने भएको छ ।पार्टीका कार्यक्रम छोटो र छरितो गरिने कार्यतालिका बनाइएको छ ।पत्रकार सम्मेलनमा उपसभापति विमलेन्द्र निधिले संविधान संशोधनको पूर्वप्रतिबद्धतामा सरकारलाई इमान्दार बन्न सम्झाउने बताए ।

पार्टी महामन्त्री पूर्णबहादुर खड्काले कांग्रेस अब सम्पूर्णरुपमा एक भएर संगठन निर्माण र सरकारको गलत क्रियाकलापको भन्डाफोरमा लागेको बताए ।कांग्रेसले संविधान संशोधनको मुद्दालाई फेरि पनि उठाउने भएको छ ।

भदौ २४ गते सुरु हुने अभियान आउँदो असोज ७ गते ७७ जिल्लामा जिल्लास्तरीय सभा गरेर सकिने जनाइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu