Connect with us
Kapilvast Forest

सुपुर्दगी विधेयक फिर्ता लिने निर्णयमा बेइजिङको समर्थन : लाम

२०७६, १९ भाद्र बिहीबारमा प्रकाशित

काठमाडौं, भदौ १९ । हङकङकी प्रमुख कार्यकारी क्यारी लामले विवादास्पद सुपुर्दगी विधेयक फिर्ता लिने आफ्नो निर्णयमा चीन सरकारको सम्मान र समर्थन रहेको बताएकी छन् ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा लामले सुपुर्दगी विधेयक अगाडि बढाउनेदेखि फिर्ता गर्ने सबै प्रक्रियामा आफ्नो दृष्टिकोणप्रति बेइजिङले समर्थन जनाएको बताइन् ।

लामको यो भनाइ चीनको स्वायत्त क्षेत्र हङकङमाथि चीनको बढ्दो नियन्त्रणको प्रमाण रहेको विश्लेषण गरिएको छ ।

लामले प्रत्यक्ष वार्ताका लागि सरोकारवालालाई आह्वानसमेत गरेकी छन् ।गएको अप्रिलमा ल्याइएको उक्त विधेयकमा संदिग्ध अपराधीहरूलाई मुख्य भूमि चीन सुपुर्दगी गर्न मिल्ने व्यवस्था गरिएको थियो ।

तर, १४ हप्ता लामो विरोध प्रदर्शनपछि लामले बुधबार विधेयक फिर्ता लिएको घोषणा गरेकी थिइन् । उक्त विधेयक महिनौंदेखिको विरोध प्रदर्शनको मुख्य कारक बनेको थियो ।

तर, प्रदर्शनकारीहरुले भने यो कदम ढिलो चालिएको भन्दै अन्तुष्टि जनाएका छन् ।हङकङमा पूर्ण प्रजातान्त्रिक अधिकारहरू हुनुपर्नेलगायतका माग पूरा नभएसम्म प्रदर्शन जारी रहने उनीहरुको अडान छ ।

बढ्दो विरोध प्रदर्शनपछि गएको जुनमा लामले उक्त विधेयक निलम्बित भएको जनाएपनि त्यसलाई फिर्ता नै भने लिएकी थिइनन् ।चीनको स्वायत्त क्षेत्र हङकङ एक मुलुक दुई प्रणालीअन्तर्गत् सन्चालित छ । (एजेन्सी)

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu