Connect with us
Kapilvast Forest

इरानले आणविक गतिविधिलाई अझ प्रभावकारी रुपमा अघि बढाउने

२०७६, २० भाद्र शुक्रबारमा प्रकाशित

तेहरान, भदौ २० । इरानले आणविक गतिविधिलाई अझ प्रभावकारी रुपमा अघि बढाउने तयारी गरेको छ ।

राष्ट्रपति हसन रुहानीले आणविक अनुसन्धान र विकासका लागि प्रभावकारी रुपमा अघि बढ्न निर्देशन दिएको बताइएको छ ।सन् २०१५ मा विश्वका शक्ति राष्ट्रहरुसँग भएको परमाणु सम्झौतामा आफ्नो प्रतिबद्धता घटाउने र परमाणु सम्बर्द्धनका लागि शोध र विकास कार्यसँग जोडिएका सबै सीमालाई अन्त्य गर्ने घोषणा इरानले गरेको छ ।

इरानी राष्ट्रपति रुहानीले राष्ट्रका नाममा सन्देश जारी गर्दै सम्झौतामा सामेल अन्य मुलुकलाई आफ्नो प्रतिबद्धता पुरा गर्न दुई महिनाको समय दिएका छन् । सम्झौता गरेका मुलुकले ती सम्झौतालाई पूर्ण पालन गरेको खण्डमा मात्र इरानले आफ्नो कमद पछि हटाउने रुहानीको भनाइ छ ।

गत वर्ष अमेरिकाले सन् २०१५ मा भएको सम्झौताबाट आफूलाई अलग्याएको थियो । उक्त कदमसँगै अमेरिकाले इरानमाथि विभिन्न प्रतिबन्ध लगाएको छ । (एजेन्सी)

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu