Connect with us
Kapilvast Forest

भारतीय चन्द्रयान सम्पर्कविहीन

२०७६, २१ भाद्र शनिबारमा प्रकाशित

काठमाडौं । भारतीय चन्द्रयान विक्रम र अन्तरिक्ष केन्द्र इसरोबीच सम्पर्क विच्छेद भएको छ । भारतीय चन्द्रयान २ चन्द्र सतह पुग्न २. १ किलोमिटर मात्र बाँकी हुँदा अन्तरिक्ष केन्द्र इसरोसँग सम्पर्क विच्छेद भएको बीबीसीले जनाएको छ । चन्द्रयान विक्रमले चन्द्रमामा अवतरण गर्ने छ भनी आश्वस्त भइरहँदा एकाएक सम्पर्क विच्छेद भएको भारतीय अन्तरिक्ष अनुसन्धान केन्द्रले जनाएको छ ।

भारतले पहिलो पटक २००८ मा पठाएको चन्द्रयान १ ले चन्द्रमाको बाहिरी सतहमा पानी भएनभएको भन्नेबारे सूचना पृथ्वीमा पठाएको थियो । विक्रमको सम्पर्क विच्छेदले भारतीय वैज्ञानिकहरुमा चिन्ता थपेको छ ।

चन्द्रयान–२ विक्रमको सम्पर्क विच्छेदबाट हतास र निरास नहुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वैज्ञानिकहरुलाई आग्रह गर्नुभएको छ ।अगष्ट २० तारिखका दिन चन्द्रमाको कक्षमा प्रवेश गरेको भारतीय चन्द्रयान–२ विक्रम गत शनिबार चन्द्रमाको सतह नजिक पुगेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu