Connect with us
Kapilvast Forest

पूर्वमन्त्री यमी दुर्घटनामा घाइते

२०७६, २३ भाद्र सोमबारमा प्रकाशित

काठमाडौं । पूर्वमन्त्री हिसिला यमी मोटरसाइकल दुर्घटनामा परी घाइते हुनुभएको छ । पूर्व भौतिक पूर्वाधार तथा यातायातमन्त्री तथा समाजवादी पार्टी नेपालकी नेतृ यमी आइतबार दिउँसो दुर्घटनामा परेर घाइते हुनुभएको हो ।

नेतृ यमीका पति तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईका स्वकीय सचिव रोशन पोखरेलले दुर्घटनाबारे जानकारी दिनुभयो । पोखरेलका अनुसार पार्टी कामको सिलसिलामा निवासबाट पार्टी कार्यालय बालकुमारी जाँदै गर्दा बल्खु चोकमा स्कुटर दुर्घटनामा परी घाइते हुनु भएको यमीको अवस्था सामान्य छ ।

बल्खु चोकमा अनटेष्ट मोटरसाइकलले ठक्कर दिएपछि यमी सवार स्कुटर दुर्घटनामा परेको थियो । यमीको बिएण्ड बी अस्पतालमा उपचार भइरहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu