Connect with us
Kapilvast Forest

जोखिममा ‘१८ नम्बर पिल्लर बस्ती’ : जनजीवन कष्टकर

२०७६, २३ भाद्र सोमबारमा प्रकाशित

कञ्चनपुर । सीमाक्षेत्रमा बसेर नेपाली भूमीको रक्षा गर्दै आएका महाकाली नगरपालिकाको जोगबुडा नदी पारीका स्थानीय बासिन्दा कष्टकर जीवनयापन गर्न बाध्य छन् ।

नेपाल भारतको १९ नम्बर सीमास्तम्भसँगैको यो बस्तीलाई १८ नम्बर पिल्लर भनेर चिनिन्छ ।

देशमा तीन तहको राज्य भएपनि उनीहरुको आधारभूत आवश्यकता अहिलेसम्म पुरा हुन सकेका छैनन् ।

२०२८ साल अघि बसेको महाकाली नगरपालिका ९ स्थित यो (१८ नम्बर पिल्लर) बस्तीमा न बिजुलीको सुविधा छ, नत विद्यालय र स्वास्थ्य संस्था नै छन् ।

जोगबुडा नदीको कटानबाट यहाँको सयौँ विघा खेतीयोग्य जमिन कटान भएर बगरमा परिणत भएको छ ।यस्तै, बाढीका कारण ४६ घरधुरी रहेको बस्तीबाट ३९ परिवार विस्थापित भएर अहिले ७ घरधुरी मात्रै बसोबास गर्छन् ।उनीहरुलाई छोराछोरी पढाउन, औषधी उपचार र दैनिक उपभोग्य सामानका लागि पनि भारतकै भर पर्नु परेको छ ।

नदीले गाउँ नै विस्थापित भएपनि सरकारले कटान नियन्त्रणका लागि कुनै पहल नगरेको स्थानीय हिरादेवी रानाक्षेत्रीको गुनासो छ ।

महाकाली र जोगबुढा नदीमा मोटर चल्न सक्ने पुल नभएकाले कुनै सार्वजनिक यातायात पनि चल्दैन ।जसका कारण आपत्कालीन अवस्थामा बिरामीलाई अस्पताल पुर्‍याउन निकै अप्ठ्यारो भइरहेको छ ।

उसो त, चालु आर्थिक वर्षमा प्रदेश सरकारको तर्फबाट झोलुंगे पुल निर्माणका लागि योजना परे पनि निर्माणको काम भने अझै अगाडी बढ्न सकेको छैन ।

पुल नहुँदा यहाँका स्थानीय बासिन्दा जोखिम मोलेर डुङ्गाको भरमा वारीपारी गर्ने गर्दछन् ।नदीमा बाह्रै महिना पानीको बहाव बढी हुने भएकाले पुल बने अस्पताल र अन्य कामका लागि सजिलो हुने स्थानीय सितली सुनारको भनाइ छ ।

नदी नियन्त्रणका लागि सरकारले बेलैमा ध्यान नदिँदा १८ नम्बर पिल्लर बस्ती नै जोखिममा परेको हो ।भारतबाट नेपाल छिरेको जोगबुढा नदी र महाकाली नदीको बहाव यस क्षेत्रमा दोभान बनाउँछ ।

गाउँका अधिकांश परिवार बसाइ सरेर गएका गइसकेका छन् ।

यहाँका स्थानीयले सीमा रक्षाको काम गरेकाले पनि सरकारले यस बस्तीलाई जोगाउन विशेष ध्यान दिनुपर्ने स्थानीयले बताउँदै आएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu