Connect with us
Kapilvast Forest

वडाध्यक्षकै पहलमा थाक्लेमा बन्ने भयो ७४ फिट अग्लो बुद्धको मूर्ति

२०७६, २४ भाद्र मंगलवारमा प्रकाशित

पाँचथर । पाँचथरको फिदिम नगरपालिका–४ थाक्लेमा ७४ फिट अग्लो बुद्धको मूर्ति निर्माण गर्न लागिएको छ ।

फिदिम ४ का वडाअध्यक्ष प्रकाश गुरुङको पहलमा नेपालकै अग्लो बुद्धको मूर्ति निर्माण गर्न थालिएको हो ।

नगरपालिकाले दिएको १५ लाख रुपैयाँको लागतमा अहिले निर्माणस्थल सम्याउने काम भएको छ ।

झण्डै ८ करोड रुपैयाँको लगानीमा निर्माण हुन लागेको उक्त बुद्धको मूर्ति सहितको पार्कको लागि बजेट अपुग भएको हुँदा विभिन्न निकायमा माग गरिएको वडाअध्यक्ष गुरुङले बताए ।

एक वर्षभित्रमा बुद्धको मूर्ति र पार्क निर्माण सक्ने गरी कामलाई अगाडि बढाइएको छ ।

पूर्वको प्रसिद्ध मन्दिर ताप्लेजुङको पाथिभरा मन्दिर जाने रुटमा पर्ने यो बुद्धको पार्क निर्माण भएमा आन्तारिक तथा बाह्य पर्यटकहरु,भक्तजनहरु आउने बताइएको छ ।

यस स्थान बाट पूर्वको पाँचथर,ताप्लेजुङ, तेह्रथुम, धनकुटा, इलामलगायतका जिल्लाको दृश्यावलोकन गर्न सकिनेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu