Connect with us
Kapilvast Forest

बाँके ट्राफिकबाट १६० जना चालकहरुको स्वास्थ परिक्षण

२०७६, २४ भाद्र मंगलवारमा प्रकाशित

  • सागर थापा

बाँके । जिल्ला ट्राफिक कार्यालय बाँकेले नेपालगञ्जमा चालक तथा सहचालकका लागि मंगलबार एक दिने स्वास्थ परिक्षण तथा ट्राफिक सचेतना कार्यक्रम आयोजना गरेको छ ।

बढ्दो सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले बस ट्रक,मिनिट्रक जेसीबी ट्याङकर अटो लगायतका यातायातका साधनमा कार्यरत चालक तथा सहचालकको स्वास्थ परिक्षण गरी उनीहरुलाई आवश्यक औषधि निशुल्क वितरण गरिएको छ ।

जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरका ट्राफिक प्रमुख प्रहरी निरिक्षक पबिन्द्र बमले राजमार्गमा सवारी साधन चलाउने चालक र सहचालकको स्वास्थमा समस्या आउदाँ दुर्घटनाको ठूलो जोखिम हुने भएकाले विभिन्न संघसंस्था हरुसंगको समन्वय तथा सहकार्यमा सचेतना अभियान संगै स्वास्थ्य जाँच कार्यक्रम गर्दै आएको बताए ।

मेडिकल कलेज र स्थानीय स्वास्थ चौकी अस्पतालको प्राविधिक सहयोगमा सञ्चालनमा रहेको सो स्वास्थ परिक्षणमा १६० जना चालकहरुको स्वास्थ परिक्षण गर्नुको साथै औषधी पनि वितरण गरिएको बाँके ट्राफिक प्रमुख बमले जानकारी दिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu