Connect with us
Kapilvast Forest

डेंगुको औषधि मेवाको पात !

२०७६, २४ भाद्र मंगलवारमा प्रकाशित

काठमाडौं । मुलुकमा केही समय यता डेंगुको सक्रमण बढ्दै गएको छ । डेंगुबाट अहिलेसम्म १५ जनाको मृत्यु भइसकेको छ । संक्रमितको संख्या ३ हजार नाघिसकेको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

कृषि तथा पशुपन्छीमन्त्री चक्रपाणि खनाल र चर्चित आँखा बिषशेज्ञ प्रा.डा सन्दुक रुइतलाई समेत डेंगुले सताएको छ । मुलुकका विभिन्न अूपतालमा डेंगुका बिरामी बढ्न थालेका छन् । उपचारमा सक्रिय चिकित्सक तथा स्वास्थ्यकर्मी समेत डेंगु पीडित भएका छन् । डेंगु सक्रमितले के गर्ने होला, कसो गर्ने होला ? भन्न थालेका छन् ।

डेंगु सामान्य असावधानीको कारण हुने रोग हो । डेंगु लामाखुट्टेकमो कारण हुन्छ । घरवर पानी जम्दा त्यसमा लामखुट्टे फैलिइन्छ । र त्यही लामखुट्टेले टोकेर डेंगु हुन्छ । डेंगुबाट बच्न पहिला नै त्यसप्रति सजकता अपनाउन सकिन्छ । यदि केही गरी भइहाल्यो भने पनि त्यति बिघ्न आत्तिनु चाँहि पर्दैन । डेंगुबाट बच्ने विभिन्न घरेलु उपाय पनि छन् ।

डेंगु भाइरसको संक्रमणमा भएपछि ज्वरो आउँछ र शरीरमा प्लेटलेट्सको संख्या घट्न थाल्छ । शरीरमा प्लेटलेट्सको संंख्या घटेपछि रोगसँग प्रतिरोधात्मक क्षमता ज्यादै कम हुन्छ । डेंगुले पाचन शक्तिलाई कमजोर बनाउँछ । त्यस्तो अवस्थामा पाचन शक्ति बढाउन डेंगु संक्रमितले खाना बिशेष ध्यान दिन जरुरी छ । चिकित्सकहरू डेंगु संक्रमितलाई सजिलै पच्ने खानेकुरा मात्र खान सल्लाह दिन्छन् । त्यस्तो अवस्थामा पाचन शक्ति बढाउने घरेलु विधि समेत छन् ।

अचुक औषधि मेवाको पात
मेवाको पात डेंगु सक्रमितको लागि अचुक उपाय हो । मेवाको पातले शरीरमा प्लेटलेट्सको संख्या बढाउन मद्धत गर्छ । डेंगुका बिरामीले मेवाको पातलाई पिसेर त्यसको रस पिउनुपर्छ । मेवाको पातको रस पिउँदा त्यसले शरीरमा सेतो रक्तकोषिका वृद्धि गर्छ । शरीरमा प्लेटलेट्सको संख्या थपिन्छ र रोगसँग लड्ने क्षमता बढ्छ । मेवाको पातमा काइमोपापिन र पापेन इन्जाइम हुन्छन् । विशेषज्ञका अनुसार यी तत्त्वले शरीरमा प्लेटलेट्सको संख्यालाई सामान्य बनाउँछन् । यसको सेवनले ब्लड क्लोटिङ समान्य रहन्छ, साथै लिभरले पनि ठिकसित काम गर्छ । यसप्रकार यसको सेवनले डेंगुका बिरामीलाई छिटो ठिक हुनमा मद्दत पुग्छ ।

कसरी खाने मेवाको पात ?
डेंगुका बिरामीको लागि रेड लेडी नामको मेवाको पात वरदान सावित हुन्छ । त्यसको रस सेवनको लागि पातलाई सफा पानीले धुनुपर्छ । त्यसपछि काठको ओखल वा सिलौटोमा विनापानी नुन वा चिनी मिलाएर पातलाई पिस्नुपर्छ । यसरी कुटिएको पातबाट जुस निकालेर दिनको दुईपटक पिउनुपर्छ । विशेषज्ञका अनुसार वयस्कले दिनको दुईपटक १० एमएलका दरले यो जुस पिउनुपर्ने हुन्छ । तर, ५ देखि १२ वर्षसम्मका बालबालिकालाई भने दिनको दुईपटक २।५ एमएलका दरले मात्र दिन सकिने विशेषज्ञको भनाइ छ । यसरी मेवाको पातको रस सेवन गरे डेंगुबाट बच्न सकिने चिकित्सकहरु बताउँछन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu