Connect with us
Kapilvast Forest

रोनाल्डोको ४ गोल, ४ मिनेटमा ह्याट्रिक

२०७६, २५ भाद्र बुधबारमा प्रकाशित

एजेन्सी ।  पोर्चुगलले युरोकप छनोटमा लिथुनियाविरुद्ध प्रभावशाली जित निकालेको छ।

क्रिस्टियानो रोनाल्डोले चार गोल गरेको खेलमा पोर्चुगलले लिथुनियामाथि ५–१ को जित निकाल्न सफल भयो। पोर्चुगलका लागि अर्को गोल विलियन कार्भाल्होले गरे।

खेलको सातौ मिनेटमा रोनाल्डोले पोर्चुगललाई अग्रता दिलाएका थिए । २८ औ मिनेटमा घरेलु टोली लिथुनियाका लागि आन्द्रेयुके विसियसले बराबरी गोल फर्काए। तर उसका लागि दास्रो हाफ पिडादायी रह्यो।

६१ औ मिनेटमा रोनाल्डोले पोर्चुगललाई अग्रता दिलाए। त्यसको चार मिनेटमा उनले ह्याट्रिक पुरा गरे। ७६ औ मिनेटमा उनले पोर्चुगललाई ४–१ को स्थितिमा ल्याएका थिए।

केहि समयमा नै लगालग गोल खान पुगेको लिथुनिया खेलमा फर्कने कुनै मौका नै पाएन्।  दोस्रो हाफको इन्जुरी समयमा कार्भाल्होले गोल गर्दै पोर्चुगललाई फराकिलो जित दिलाए।

रोनाल्डोले ४ गोल पुरा गरेसँगै पोर्चुगलसँग ९३ अन्तराष्ट्रिय गोल पुरा गरेका छन्। ३४ वर्षका रोनाल्डोले आठ अन्तर्राष्ट्रिय ह्याट्रिक पूरा गरेका छन्। समूह बीको दोस्रो स्थानमा रहेको पोर्चुगलले ४ खेलबाट ८ अंक जोडेको छ। समूहमा युक्रेन ५ खेलबाट १३ अंक सहित शीर्ष स्थानमा छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu