Connect with us
Kapilvast Forest

सिएमसीमा विपन्नलाई नि:शुल्क डेंगु परीक्षण

२०७६, २६ भाद्र बिहीबारमा प्रकाशित

चितवन । चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसी) ले विपन्न गरिब बिरामीको निःशुल्क डेंगु परीक्षण शुरु गरेको छ । अस्पतालको इमरजेन्सी कक्षमा अस्पताल निर्देशक डा.दयाराम लम्साल र अस्पताल जनसमपर्क अधिकृत हरि बोहराले भरतपुर १० का भरत लामालाई डेंगु परीक्षण गर्ने किट हस्तान्तरण गर्दै सीएमसीमा निःशुल्क डेंगु परीक्षण शुरु गरेका हो ।

देशैभर डेंगुले महामारी रूप लिएका बेलामा स्थानीय सरकार र भरतपुर महानगरकाे अनुरोधलाई ध्यानमा राख्दै अस्पतालको सामाजिक अभियानअन्तर्गत नि:शुल्क डेंगु परीक्षण गर्ने अस्पतालका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रोफेसर डा.हरिश्चन्द्र न्यौपानले जानकारी दिए ।

नियन्त्रणमा सहयोग पुर्‍याउने उद्देश्यले एक हजार जना विपन्न वर्गलाई निःशुल्क डेंगु परीक्षण गराइने अस्पातलका निर्देशक डा.लम्सालले जानकारी दिए । ‘अहिले डेंगु र ज्वरोको महामारी रहेकोले त्यस्ता बिरामी जो अस्पातल आउन सकेका छैनन्, उनीहरूलाई लक्षित गरी यो सेवा प्रदान गर्न लागेका हौं, उनले भने’, कोही पनि बिरामी नछुटुन भनेर नै हामीले अहिलेलाई एक हजार जना गरिब तथा विपन्न वर्गलाई निःशुल्क डेंगु परीक्षण र परामर्श दिन लागेका हौं ।’

मनसुन र पोस्ट मनसुनमा पनि डेंगुको संक्रमण बढ्न सक्ने भएकोले अझै दुई महिनासम्म यसको प्रकोप रहन सक्ने उनले बताए । सरकारले गरिरहेको सबै प्रयासका बाबजुत पनि अझै कार्तिकसम्म डेंगुको प्रकोप घट्ने सम्भावना नरहेकोले नियन्त्रणमा सहयोग पुर्‍याउन सेवा शुरु गरिएको डा.लम्सालले बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu