Connect with us
Kapilvast Forest

‘विश्वमा ४० करोडलाई डेंगु’

२०७६, २६ भाद्र बिहीबारमा प्रकाशित

gokul

 काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सरकारले छिमेकी र अन्य मित्रराष्ट्रसँग सचेत भएर व्यवहार गर्ने बताउनु भएको छ ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले नेपालले स्वतन्त्र मुलुकको हैसियतमा छिमेकी राष्ट्र र अन्य मित्र राष्ट्रसँग व्यवहार गर्ने बताउनुभएको हो ।

इण्डोप्यासेफिकका सम्बन्धमा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले दिएको सार्वजनिक अभिव्यक्ति र त्यसमा अमेरिकी सरकारले नेपाल सरकारको धारणा मागेको सन्र्दभमा पत्रकारहरुले राखेको जिज्ञासामा मन्त्री बाँस्कोटाले नेपाल सरकारको पूर्ववत मान्यतामा कुनै पनि परिर्वतन वा विचलन नआएको स्पष्ट पार्नुभएको हो ।

‘इण्डोप्यासेफिकका बारेमा वा बिआईआरका सम्बन्धमा, स्वतन्त्र मुलुकको हैसियतमा हामी हाम्रा छिमेकी राष्ट्र र अन्य मित्रराष्ट्रसँग आपसी हितबारे सचेत भएरै व्यवहार गर्छौ र गर्दे आएका छौं’ उहाँले भन्नुभयो, ‘पूर्ववत मान्यतामा कुनै पनि विचलन आएको छैन र परिर्वतन आएको छैन ।”

मन्त्री बास्कोटाले डेंगु संक्रमण नियन्त्रण बाहिर नभएको नागरिकको स्वास्थ्यप्रति सरकार संवेदनशील रहेको स्पष्ट पार्नुभयो । वैशाखदेखि देखिएको डेंगु संक्रमण नियन्त्रणका लागि सरकारी तथा गैह्सरकारी , सर्वसाधरण लगायत सबै क्षेत्रबाट पहल हुदै भन्दै उहाँले नियन्त्रण बाहिर नभएको तर धेरै दुख दिएको डेंगु संक्रमणप्रति सरकार सचेत रहेको बताउनुभयो ।

विश्व स्वास्थ्य संगठनको पछिल्लो प्रतिवेदनले विश्वभर ३९÷ ४० करोड मानिस डेंगु प्रभावित बनेको तथा ३ अर्ब मानिस संक्रमणको जोखिममा रहेको देखाएको उल्लेख गर्दे उहाँले यसको नियन्त्रण सरकारको एक्लो प्रयासले संभव नहुने बताउनुभयो ।

मन्त्री बास्कोटाले फिल्महलमा राष्ट्रियगान बजाउने भन्ने विषय आफ्नै मन्त्रालय मातहतको भएपनि आफूले सुनेको प्रतिक्रिया दिनुभयो । ‘फिल्म हलमा राष्ट्रियगान बजाउने कुरा मैले पनि सुनिरहेको छु’ उहाँले भन्नुभयो, ‘मलाई चाँहि थाहा भएन । हावा नचली पनि पात हल्लिएको देखेर कुन युग हो भनेर प्रश्न गर्न मन लागेको छ ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu